Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी माओवादी केन्द्र ५नम्बर वडाध्यक्षमा जोशी

बेलडाँडी माओवादी केन्द्र ५नम्बर वडाध्यक्षमा जोशी

कञ्चनपुर,
माओवादी केन्द्र बेलडाँडी गाँउपालिका ५को वडाध्यक्षमा पुष्करराज जोशी चयन भएका छन । सोमबार माओवादी केन्द्र बेलडाँडी ५ को वडा अधिवेशनबाट जोशीको अध्यक्षमा २९ सदस्यीय वडा कमिटि विस्तार भएको माओवादी केन्द्र बेलडाँडीका नेता डम्बर शाहुले बताए । माओवादी नेता शाहुका अनुसार उपाध्यक्ष माता ओखेडा, सचिव ललिता कुमारी डडाल, कोषाध्यक्ष राकेश राना, सह सचिव गौरीसिह डडाल रहेका छन । वडा अधिवेशनमा माओवादी केन्द्र बेलडाँडीका मोहन गिरी, भुवन एसके, नेता ईश्वरी भट्ट, डम्बर शाहु, कल्पना गिरी, निर शाहु, दिपक खडका, राम पनेरु ललित खत्री लगायतका नेता कार्यकर्ता सहभागि थिए । यस अघि नेकपा माओवादी केन्द्रले बेलडाँडीका २, ४मा वडा अधिवेशन गरेको थियो ।

ताजा समाचार