Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीसमाजिक क्षेत्रमा होमिएका युवा बेदकोट नगरपालिका १०का वडाध्यक्षमा निर्वाचित

समाजिक क्षेत्रमा होमिएका युवा बेदकोट नगरपालिका १०का वडाध्यक्षमा निर्वाचित

मदन नेपाली,
समाजिक क्षेत्रमा होमिएका कञ्चनपुरका एक युवा नेकपा माओवादी केन्द्र बेदकोट नगरपालिका १०को वडाध्यक्षमा निर्वाचित भएका छन । शनिबार माओवादी केन्द्रको देशभरीका वडामा भएको सम्मेलन अन्र्तरगत बेदकोट नगरपालिका १०मा भएको सम्मेलनबाट समाजिक क्षेत्रमा होमिएका युवा सागर सुनार अध्यक्षमा निर्वाचित भएका हुन । सहमतीय आधारमा माओवादी केन्द्र बेदकोट नपा १०को वडाध्यक्षमा सुनारको अध्यक्षतामा २९ सदस्यीय माओवादी केन्द्रको वडा कमिटि विस्तर भएको छ । उनी यस अघि रत्नमाविको अध्यक्ष हुँदा विद्यालय बृति विकासमा काम गरेका थिए । भने अहिले शिव खानेपानी उपभोक्ता सरसफाई समितिको अध्यक्ष हुन । युवा समाजसेवि सुनारले कोरोना महामारीक बेलामा रोकथाम एव विपन्न समुदायको हक अधिकारका लागि काम गरेका थिए । नेकपा हुँदा पनि उनलाई बेदकोट नपा १०कै जिम्मेबारी थियो । उनले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘मलाई दिएको जिम्ेमबारी पुरा गर्छु, ‘उनले विपन्न समुदाय र विकासबाट पिछडीको क्षेत्रमा काम गर्छु ।’

ताजा समाचार