Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीमाओवादी केन्द्र बेलौरी नगरमा वडा अधिवेशन शुरु

माओवादी केन्द्र बेलौरी नगरमा वडा अधिवेशन शुरु

शुनिल राना,

नेकपा माओवादी केन्द्रको आगामी पुषमा हुने राष्ट्रिय अधिवेशनको तयारी स्वरुप कञ्चनपुरमा समेत शनिबारदेखि वडा सम्मेलन शुरु भएका छन । शनिबार कञ्चनपुरको बेलौरी नगरमा पनि वडा सम्मेलन शुरु भएका हुन । नेकपा माओवादी केन्द्र प्रदेश सदस्य अमर चौधरी बेलौरीमा पहिलो दिन दुई वडामा सम्मेलन शुरु भएको बताए । उनका अनुसार २मा कान्छाराम चौधरी र ३मा जयराज चौधरीको अध्यक्षतामा २९÷२९ सदस्यीय वडा कमिटि विस्तार भएका छन । वडा अधिवेशन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक तिम्लिसेनाले बाँकी वडाहरुमा क्रमिक रुपमा वडा भेला हुने बताए । बेलौरीमा माओवादी केन्द्रका नेता अमर चौधरी, मनोहर राना, पोतिलाल चौधरी सहितका नेता कार्यकर्ता वडा सम्मेलनमा जुटेका छन ।

ताजा समाचार