Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीमाओवादी केन्द्र बेलडाँडीको वडा भेला शुरु

माओवादी केन्द्र बेलडाँडीको वडा भेला शुरु

कञ्चनपुर,
नेकपा माओवादी बेलडाँडी गाँउपालिकाका वडा भेला शुरु भएका छन । शनिबारदेखि माओवादी केन्द्रको देशभर वडा भेला अन्र्तरगत कञ्चनपुरको बेलडाँडीमा समेत वडा भेला शुरु भएका हुन । नेकपा माओवादी केन्द्र बेलडाँडीका युवा नेता डम्बर शाहले पहिलो दिन दुई वडामा भेला भएको बताए ।
उनका अनुसार २ र ४नम्बर वडामा भेला भएका छन । नेकपा माओवादी केन्द्रं बेलडाँडी गाँउपालिका २को वडाध्यक्षमा राम पनेरु, उपाध्यक्ष पुतली आउजी, सचिव दिपकराज भट्ट, सह सचिव तपनराज भट्ट, कोषाध्यक्ष डल्ली ओखेडा, ४को वडाध्यक्षमा प्रेमसिह महरा, उपाध्यक्ष जयसिह धामी, सचिव किरण कुँवर, सह सचिव गङगा मगर(भण्डारी), कोषाध्यक्ष रतना भण्ण्डारी चयन भएका छन । माओवादी केन्द्र बेलडाँडीका नेता भुवन एसके, ईश्वरी भट्ट लगायतका नेताहरुको उपस्थितिमा वडा भेला भएका हुन । बाँकी वडाहरुमा आईतबारदेखि सम्मेलन हुनेछन ।

ताजा समाचार