पुष्कर भट्ट
नेकपा माओवादी केन्द्रको आगामी पुषमा हुने राष्ट्रिय अधिवेशनको तयारी स्वरुप कञ्चनपुरमा समेत शनिबारदेखि वडा सम्मेलन शुरु भएका छन । शनिबार कञ्चनपुरका ९ वटै पालिकामा वडा अधिवेशन शुरु भएका हुन । केही वडाहरुमा अधिवेशन प्राविधिक कारणले शनिबार हुन नसकेपनि एकदुई दिन पछि सम्मेलन हुने नेकपा माओवादी केन्द्र कञ्चनपुरले जनाएको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला सदस्य बिरेन्द्र राज विष्टले पार्टीको राष्ट्रिय अधिवेशन अन्र्तरगत शनिबार कञ्चनपुर जिल्लाभरी सहित देशभरी वडा सम्मेलन एकसाथ शुरु भएको बताए । जिल्लाको भीमदत्त नगरपालिका १८मा वडा सम्मेलन सम्पन्न भएको छ । जिल्लामै पहिलो पटक शुरुमै भीनपा १८को सम्मेलन सम्पन्न भएको हो । सहमतीय आधारमा वडामा नेतृत्व चयन गरिएको छ । उक्त वडामा अधिवेशन गराउनका लागि माओवादी केन्द्र जिल्ला सदस्यद्वय बिरेन्द्र राज विष्ट र आनन्द सिह धामीलाई दिएको थियो ।
नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका १८को वडाध्यक्षमा गंगादत्त जोशीको अध्यक्षतामा २९सदस्यीय वडा कमिटि विस्तार भएको छ । उपाध्यक्ष प्रकास सुनार, सचिव लक्ष्मी पनेरु, सह सचिव राजु नेपाली, कोषाध्यक्ष पवित्रा शाही रहेका छन । नेकपा माओवादी केन्द्र भीनपा १८का नवचयन अध्यक्ष गंगादत्त जोशीले पार्टीलाई चुस्तदुरुस्त ढङगबाट अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन । नेकपा माओवादी केन्द्र जिल्ला अन्य वडाहरुमा समेत वडा अधिवेशन जारी रहेको छ ।
