Friday, January 27, 2023
गृहपृष्ठजिवनशैलीजसपा लालझाडीको अध्यक्षमा राना

जसपा लालझाडीको अध्यक्षमा राना

शुनिल राना,
जनता समाजवादी पार्टी (जसपा) लालझाडीको अध्यक्षमा मनोहर राना चयन भएका छन । बिहीबार जसपा लालझाडी गाँउपालिका भेलाले रानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । जसपा कञ्चनपुरका युवा नेता एव केन्द्रीय अनुशासन आयोगका सदस्य अमर विष्टले सहमतीय आधारमा जसपा पालिका संगठन विस्तार गरेको बताए । उपाध्यक्ष प्रेम राना, सचिव प्रवेस राना, सह–सचिव राजवेटी चौधरी, कोषाध्यक्ष यसोदा राना चयन भएका छन । सदस्यमा मुन्नी राना, मोतिलाल राना, मिठ्ठु चौधरी, सालिग्राम चौधरी, रामसेवा चौधरी, देवसिह राना, रघुबिर राना, फुलचन्द्र राना, आरासरे राना, शिवनारायण राना, शिवदत्त राना, मण्डी राना, शुनिल राना, नाथे बडायक रहेका छन । जसपा सुप प्रदेश अध्यक्ष तथा संविधान सभा सदस्य कृष्ण कुमार चौधरीको प्रमुख आथित्य तथा प्रदेश सभा सदस्य मालामती राना, जसपा संघीय परिषद केन्द्रीय सदस्य माया नेगी, जसपा अनुशासन आयोग केन्द्रीय सदस्य अमर विष्ट सहितको उपस्थितिमा लालझाडीमा कमिटि विस्तार गरिएको हो ।

ताजा समाचार