Friday, September 30, 2022
गृहपृष्ठखेलकुदवाई वाई यु–१९ क्रिकेट छनौट प्रतियोगिता: फाइनलमा कञ्चनपुर र कैलाली आज भिड्ने

वाई वाई यु–१९ क्रिकेट छनौट प्रतियोगिता: फाइनलमा कञ्चनपुर र कैलाली आज भिड्ने

महेन्द्रनगर,
सुदूरपश्चिम प्रदेश स्तरीय क्षेत्रीय पुरुष क्रीकेट छनौट प्रतियोगिताको फाइनलमा कञ्चनपुर र कैलाली पुगेका छन् ।No description available.
वाई वाई यु–१९ प्रदेश स्तरीय पुरुष क्रिकेट छनौट प्रतियोगिता – २०७८ मा मंगलबार महेन्द्रनगरको खुलामञ्चमा भएको सेमिफाइनलको खेलमा टच जित्दै कैलालीले पहिलो ब्याटिङ गर्दै ३२.२ ओभरमा अल आउट हुँदा १ सय ६४ रन बनाएको थियो। १ सय ६५ रनको लक्ष्य पन्छाउने क्रममा मैदान उत्रिएको अछाम १५.२ ओभरमा अल आउट हुँदै ५१ रनमा समेटिदा कैलालीले अछामलाई १ सय १३ रनले पराजित गर्दै फाइनलको यात्रा पक्का गरेको हो।
कबड हलको खेलमैदानमा कञ्चनपुर र बैतडी बिच भएको अर्को सेमिफाइनल खेलमा कञ्चनपुरले टच जित्दै पहिलो ब्याटिङ रोज्दै कञ्चनपुरले ३५.१ ओभरमा अल आउट हुँदै १ सय ४१ रन बनाएको थियो। जसमा बैतडी लाई १ सय ४२ रनको टार्गेट दिएको थियो। १ सय ४२ रनको लक्ष्य पन्छाउने क्रममा मैदानमा उत्रिएको बैतडी १८.४ ओभरमा अल आउट हुँदै ७० रनमा सिमित हुन पुग्यो। जसमा ७१ रनले कञ्चनपुरले सेमिफाइनलमा बैतडी लाई पराजित गर्दै फाइनलको यात्रा पक्का गरेको छ् ।May be an image of 7 people and people standing
बुधबार कार्तिक २४ गते देखि कञ्चनपुर जिल्ला क्रिकेट संघको आयोजनामा छनौट प्रतियोगिता संचालन गरेको थियो । जुन आज बुधबार औपचारीक कार्यक्रमका विच समापन हुने आयोजकले बताएको छ। फाइनल खेल कञ्चनपुर र कैलाली महेन्द्रनगर स्थित खुलामञ्चमा आज बिहान ९ बजे छनौट प्रतियोगिताको फाइनलमा भिड्नेछन् । उक्त प्रतियोगिताबाट उत्कृष्ठ खेलाडीहरुमध्ये वाई वाई यू-१९ राष्ट्रिय प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टिमको लागि खेलाडी छनोट गरिने छ। जस बाट सुदूरपश्चिम प्रदेश टिम सहभागिता का लागि सदस्य रहनेछन् ।No photo description available.प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लामा ८ टिमको सहभागिता रहेको छ। जसमा कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझाङ र डोटी रहेका थिए । प्रतियोगिता संचालनका लागि टिमलाई दुई समुहमा विभाजन गरीएको र समुह ‘क’ मा कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी र समुह ‘ख’मा बैतडी, कैलाली, बझाङ र दार्चुला रहेका थिए।।

ताजा समाचार