Friday, September 30, 2022
गृहपृष्ठसमाचारप्रजातन्त्र सेनानी चन्द सहितका योद्धालाई नागरिक अभिनन्दन

प्रजातन्त्र सेनानी चन्द सहितका योद्धालाई नागरिक अभिनन्दन

कञ्चनपुर,
प्रजातन्त्र पुर्नबहालीका लागि संघर्षमा होमिएका कञ्चनपुरका प्रजातन्त्र सेनानी मदन चन्द सहितका योद्धाहरुलाई नागरिक अभिनन्दन गरिएको छ ।
प्रजातन्त्र सेनानी मदन चन्द नागरिक अभिनन्दन मुल आयोजक समितिले प्रजातन्त्र सेनानी चन्द सहितका प्रजातान्त्रिक योद्धाहरुलाई नागरिक अभिनन्दन गरिएको हो । मंगलबार प्रजातान्त्रिक सेनानी चन्दलाई महेन्द्रनगरको त्रिबेणी चोकदेखि रथारोहण सहित बजारमा परिक्रमा गरिएको थियो ।
प्रजातन्त्र सेनानी चन्दको ३० कार्तिकमा ८९ बर्षको अवसर पारेर रथयात्रा सहित चन्दको ग्रन्थ बिमोचन समेत गरिएको छ । पञ्चायती व्यवस्था बिरुद्ध अभियानका सुदुरपश्चिमका एक मजबुत खम्बाका रुपमा परिचित तथा जिउँदा सहिदको उपमा पाएका चन्दको ग्रन्थलाई समेत बिमोचन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि काँग्रेस केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखकले चन्दको जिवनमा आधारित ग्रन्थ बिमोचन गर्दै चन्दले देशका लागि गरेको योगदानको कदर गरेका छन । चन्द सहितका जनताको अधिकारका लागि संघर्ष गरेका दर्जनौँ योद्धाहरुलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
चन्द ०४७ साल पछि कञ्चनपुरदेखि काठमाडौँको सिंहदरबारमा हिम्मती र इमान्दार नेताका रुपमा चिनिएका योद्धा हुन । भीमदत्त नगरका उपप्रमुख शुशिला चन्दको सभापतित्वमा भएको कार्यक्रममा प्रजातन्त्र सेनानी मदन चन्द नागरिक अभिनन्दन मुल आयोजक समिति संयोजक एव काँग्रेस नेता पुर्वमन्त्री तारणाीदत्त चटौतको संयोजकत्व र काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्रमुख आतिथ्य सहितको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो ।

ताजा समाचार