Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीझिलमिलामा हात्ती आतंक, बर्षभरी लगाएको खेती सखाप, रातभरी हात्ती भगाउन स्थानिय जागाराम

झिलमिलामा हात्ती आतंक, बर्षभरी लगाएको खेती सखाप, रातभरी हात्ती भगाउन स्थानिय जागाराम

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.५ को झिलमिला क्षेत्रमा लगातारा तीन चार दिन देखि जंगली हात्तीले आतंक मचाउदै किसानहरुको बालिनाली, घर भत्काउदै भण्डार गरेर राखेको अन्ननष्ट गरिदिएका छन् ।

लगातार बस्ती पसी हात्तीले बर्ष भरी मेहनत गरी लगाएको ऊखु खाई नोक्सान गरिदिदा त्यस क्षेत्रका किसानहरु जगाराम बस्नु परेको स्थानिय बताउछन् । २२,२५को संख्यामा रहेका हात्तीको झुण्ड भगाउदा समेत नभाग्ने गरेको पिडित किसानहरुको भनाई छ । ऊखु बारीमा पसेर बर्ष भरी लगाएको खेती काट्ने बेलामा हात्तीले नोक्सान गरिदिदा किसान बेसहारा भएको आभाष गरिरहेका छन् । हात्ती नियन्त्रणका लागि न त सरकार, स्थानिय सरकार न त निकुञ्जले नै पहल गरिदिदा झिन किसान मर्कामा परेका छन् ।

साझ बेलुका ५ बजेनै गाउँ किनार आउने गरेको र अलि राती भयो कि गाउँपस्ने गरेको स्थानिय दिपक बिष्टले बताउनु भयो । उहाँका अनुसार यत्रो बधान ऊखुमा पस्दा ऊखु खानुभन्दा नि दलेर सखाप पारेको बताए । यसमा सबै पक्षको ध्यान जानुपर्ने र वास्तविक किसानलाई मलमपट्टी गर्ने कार्यक्रम ल्याउनु पर्ने बताए ।

हात्तीले ऊखु नोक्सान गर्न थाले पछि किसानले बेच्न खोज्दा ऊखुको मुल्य लगानी बराबर समेत नउठ्ने भएकोेले किसान झिन चिन्तित बनेका छन् । महाकाली सुगर मिललाई हामीले किसानको समस्या समाधान गर्नको लागि तपाई मिलको तर्फबाट के सहयोग गर्न सकिन्छ भनि सोध्दा मिलका ऊखु प्रवन्धक सिडी पाण्डेले भने अहिले मिलमा मर्मत कार्य भएकोले मंसिर २०,२२ गते तिर संचालनमा आउने बताउदै ती किसानको ऊखु पहिलो उठाउन प्राथामिकता दिइने बताउनु भयो । 

ताजा समाचार