Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीका नव गायक अनिशले ल्याए बजारमा "पासवर्ड" 

बेलडाँडीका नव गायक अनिशले ल्याए बजारमा “पासवर्ड” 

बेलडाँडी,
बेलडाँडीका नव गायक अनिश कटुवाल (ओखेडा)ले अाफ्नै शब्द र लय रहेको नयाँ गीत बजारमा ल्याएका छन् । उनको लय/शब्द रहेको ‘पासवर्ड’ बोलको गीत मणिसुन्दर लिम्बू नामको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

२०५८ मा बझाङको तत्कालिन काेटदेवल गाबिसमा जन्मिएका अनिश हाल कञ्चनपुरको बेलडाँडीमा बस्दै आएका छन् । बाल्यकालमा संगीतमा उनको खासै रुचि थिएन । तर, विस्तारै अनिशमा संगीतको भोक बढ्दै गयो ।

वीरु र गंगा ओखेडाका पाँचौ छोरा अनिशको जब प्रेमा परे, त्यसबेलादेखि भने उनमा गीतसंगीतमा पनि रुचि बढ्यो । जसको पलस्वरूप उनले ‘पासवर्ड’ बोलको गीत सिर्जना गरे ।
‘सानोमा गीतसंगीतमा मेरो रुचि थिएन । तर, जब प्रेममा परे अनि बिहे पनि गरे । त्यसपछि भने संगीतप्रति लगाव बढ्दै गयो । अन्ततः मैले भारतको बैंग्लोरमा एउटा गीत रेकर्ड गरेको छु,’ अनिशले भने ।

आगामी दिनमा पनि आफूले राम्रो गीत सिर्जना गर्ने उनको भनाइ छ । ‘यो गीतपछि राम्रो प्रतिक्रिया आइरहेको छ, दर्शकको प्रतिक्रिया आगामी दिनमा अगाडि बढाउने/नबढाउनेमा भूमिका रहन्छ । उहाँहरूको प्रतिक्रियाअनुसार आउँदो दिनमा पनि राम्रो गीत सिर्जना गर्नमा म व्यस्त हुनेछ,’ अनिशले भने ।

अनिशको पहिलो गीत ‘पासवर्ड’मा पावाल चाम्लिङ राईको अडियो एरेन्ज, मणिसुन्दर लिम्बू र विनुषा राईको स्वर रहेको छ । द स्काईमा रेकर्ड गरिएको गीतलाई गायक स्वयम् लिम्बूले कम्पोज गरेका छन् ।

‘पासवर्ड’ को म्युजिक भिडियोमा हिमाल ओखेडा र रवीना विष्टको अभिनय देख्न सकिन्छ । विनोद भण्डारीले छायाँकन गरेको यो गीतलाई कमल थापाले सम्पादन गर्दा सन्तोष जोन कटुवालले निर्देशन गरेका हुन् ।    https://youtu.be/l-ZfxC-K3ZQ

ताजा समाचार