विकास सिह महता/धनगढी
धनगढी उपमहानगरपालिका १२ नम्बर वडाको वडा सभापतिमा डबल बहादुर थापा निर्बिरोध निर्वाचित भएका छन । काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तरगत कैलालीमा शनिबार सम्पन्न भएको वडा अधिवेशनबाट थापा वडा सभापतिमा निर्बिरोध निर्वाचित भएका हुन ।

कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष एव, सुदूरपश्चिम प्रदेशकै अग्रणी क्लब मनकामना युवा क्लबका अध्यक्ष समाजसेवि समेत रहनु भएका थापा काँग्रेसको वडा सभापतिमा निर्बिरोध निर्वाचित भएका हुन ।

युवा उद्यमी समेत रहेका थापा पछिल्लो समयमा समाजिक कार्य सहित कोभिड-१९ को महामारी नियन्त्रणका लागि भूमिका निर्वाह गर्दै आएका छन । खेलकुदका साथै समाजिक क्षेत्रमा काम गर्दै आएका थापालाई राजनीतिक सफलता समेत मिलेको छ ।
