Monday, September 26, 2022
गृहपृष्ठखेलकुदअल स्टारलाई बेलडाँडी भलिबलको उपाधी

अल स्टारलाई बेलडाँडी भलिबलको उपाधी

विकास सिह महता,
अल स्टार युवा क्लबलाई बेलडाँडी खुला भलिबल प्रतियोगिताको उपाधी प्राप्त भएको छ ।
शुक्रबार सम्पन्न भएको फाईनल खेलमा अल स्टारले न्यू खप्तड युवा समाजलाई १–३ सेटको अन्तरले हराउँदै अल स्टार युवा क्लब बेलडाँडी खुला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । उप विजेता न्यू खप्तड समाज रहको छ । ईप्रकाले रतनपुरलाई हराउँदै तेस्रो स्थान हासिल गरेको छ । ईप्रकाले २–१ सेटले तेस्रो स्थान हासिल गरेको हो । विजेता अलस्टारले नगद ३१ हजार, उप विजेता न्यू खप्तडले २१ हजार र तेस्रोले ११ हजार सहित ट्रफि प्रमाण पत्र मेडल प्राप्त गरेको छ ।
प्रगति एकता समाजको आयोजनामा बेलडाँडी गाँउपालिका १ सिद्धचोक स्थित सिद्धनाथ आधारभूत विद्यालयको प्राङगामा प्रतियोगिता संचालन भएको थियो । प्रगति एकता समाजका सचिव बिरेन्द्र काडायतले १२टिमविच प्रतिस्पर्धा भएको बताए ।
प्रगति एकता समाजका अध्यक्ष धनसिह विष्टले राष्ट्रिय खेलको संरक्षण एव गमिण क्षेत्रको खेलकुद विकास र खेलाडीको उत्साहलाई मध्य नजर गर्दै भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।

ताजा समाचार