Friday, September 30, 2022
गृहपृष्ठसमाचारमुक्त हलिया समाज महासंघ नेपाल र महिला स्वयंसेविकाहरु बिच सम्झौता,कोभिड–१९ खोप लगाएका...

मुक्त हलिया समाज महासंघ नेपाल र महिला स्वयंसेविकाहरु बिच सम्झौता,कोभिड–१९ खोप लगाएका र नलगाएका व्यक्तिहरुको पहिचान गर्न

कञ्चनपुर: जिल्लाको दोधारा चादँनी नगरपालिकामा मुक्त हलिया समाज महासंघ नेपाल र महिला स्वयंसेविकाहरु बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।May be an image of 6 people, people sitting and people standingकोभिड–१९ को खोप बाट कोही पनि वञ्चित नहुन भन्ने उद्देश्यका साथ सहयोगी संस्था लुथरन विश्व फेडरेसन नेपाल र राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको साझेदारीमा सञ्चालन भइ रहेको कोभिड–१९ प्रभावित क्षेत्रमा आपातकालीन सहयोग (सीईआरएन) परियोजना अन्तर्गत समुदाय देखि समुदाय सम्म भ्रमण गरी कोभिड–१९ खोप लगाएका र नलगाएका व्यक्तिहरुको पहिचान गरी सहजीकरण गर्नको लागि मुक्त हलिया समाज महासंघ नेपाल र महिला स्वयंसेविकाहरु बिच सम्झौता भएको सामुदायिक परिचालक हेमा धामीले बताईन ।May be an image of 11 people, people sitting and people standingकोही पनि नछुटुन भन्ने उद्देश्यले राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र महिला स्वयंसेवक संस्थाहरुले समुदाय देखि समुदायमा भम्रण गरी सबैलाई कोभिड–१९को खोप दिने उद्देश्य लिएको छ । कोही पनि नछुटुन र कोही पनि बञ्चित नहुन भन्ने उद्देश्यका साथ कार्तिक २५ गतेका दिन राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र महिला स्वयंसेविकाहरु बिच सम्झौता भएको छ । जस अनुरुप कार्तिक २६ र २७ गते २ दिन वडा नं. १ देखि ५ सम्मका ४१ जना त्यसैगरी वडा नं. ६ र ९ स्वयंसेविकाहरुले समुदायमा कोभिड -१९ खोप लगाएको र नलागाएको व्यक्तिहरुको पहिचान गरि फाराम भर्ने कार्य गर्ने छन् । चाँदनी स्वास्थ्यचौकीका इन्चार्ज दिलाराम भट्टको उपस्थितीमा उक्त कार्यक्रम भएको थियो ।

ताजा समाचार