Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीनेकपा एमाले बेलडाँडीको अध्यक्षमा पुन: भाट चयन

नेकपा एमाले बेलडाँडीको अध्यक्षमा पुन: भाट चयन

बेलडाँडी,
नेकपा एमाले बेलडाँडी गाउँपालिकाको अध्यक्षमा पुन: लक्ष्मण भाट सर्वसम्मत चयन भएका छन् । भाट पुन: गाउँकमिटीमा दोहोरीएका छन् ।
त्यसै गरि गाउँ कमिटी उपाध्यक्ष प्रेमराज खाती, सचिव गणेश बिष्ट, उप-सचिव विष्णुराम उपाध्याय र शंकर भट्ट चयन भएको एमालेले जनाएको छ ।

केही दिन देखि स्थगित रहेको कमिटि गठन प्रक्रियाले पुणता पाएको हो । अध्यक्ष पदका लागि धेरैले चासो देखाएकाले गठन प्रक्रिया स्थगित भएको थियो ।

नव निर्वाचित कमिटिले पाटीको पक्षमा काम गर्ने जनाएको छ । यस्तै नया पदाधिकारीहरूलाई निर्वाचन कमिटिले निर्विरोध कमिटी चयन भएको घोषणा गरेको हो । प्रदेश कमिटी सदस्य तथा नेकपा एमाले प्रचारप्रसार विभाग सदस्य रोशन खड्काले पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिनुहुदै उहाले भने पाटीको नीति सिद्धान्तमा रहि सबैलाई कार्य गर्न अाग्रह गर्नु भयो । 

ताजा समाचार