Tuesday, September 27, 2022
गृहपृष्ठखेलकुदबेलडाँडीमा मंगलबारदेखि भलिबल प्रतियोगिता हुँदै

बेलडाँडीमा मंगलबारदेखि भलिबल प्रतियोगिता हुँदै

कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा मंगलबारदेखि खुला भलिबल प्रतियोगिता हुने भएको छ । प्रगति एकता समाजको आयोजनामा खुला भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको तयारी पुरा भईसकेको आयोजकले जनाएको छ ।
बेलडाँडी गाँउपालिका १ सिद्धचोक स्थित सिद्धनाथ आधारभूत विद्यालयको प्राङगामा प्रतियोगिता संचालन हुने छ । प्रगति एकता समाजका सचिव बिरेन्द्र कठायतले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको बताए । ‘हामीले आवश्यक सबै तयारी पुरा गरिसकेका छौँ, ‘उनले भने, ‘अब मंगलबारदेखि उद्घाटन गर्दै सिधै खेल संचालन हुनेछन ।’
सचिव कठायतले गाँउ पालिका प्रमुख धन बहादुर थापाकै प्रमुख आथित्यमा खेलकुद प्रतियोगिता उद्घाटन हुने बताए । ‘हामीले गाँउपालिका प्रमुख थापा, वडाध्यक्ष अम्मर खत्री, युवा समेत रहेका खेलकुदप्रेमी वडा सदस्य शंकर भट्ट सहितका जनप्रतिनिधी, कर्मचारी, राजनीतिक दल, खेलकुदकर्मी सबैलाई आमन्त्रण गरेका छौँ ।’ प्रगति एकता समाजका अध्यक्ष धनसिह विष्टले हालसम्म १५ दर्ता भएको बताए । अध्यक्ष विष्टले ग्रामिण क्षेत्रको खेलकुद विकास र खेलाडीको उत्साहलाई मध्य नजर गर्दै भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष विष्टका अनुसार विजेता टिमलाई नगद ३१ र उप विजेता टिमलाई नगद २१ हजार रुपैया सहित सिल्डट्रफि प्रमाण पत्र दिईने बताए । ‘यो हाम्रो समान्य प्रयास हो, ‘अध्यक्ष विष्टले भने, ‘सानो सानो प्रयासबाट खेलकुद विकास गर्नुपर्छ ।’ कोरोना महामारीका कारण केही बर्ष खेलकुद प्रतियोगिता हुन नसकेको सिद्धचोकमा अहिले हुन लागेपछि स्थानीय युवा, नागरिक एव खेलाडी उत्साहित भएका छन ।

ताजा समाचार