Sunday, September 25, 2022
गृहपृष्ठखेलकुदखप्तड कप T20 क्रीकेट प्रतियोगिताको फाइनल खेल २४ गते हुने

खप्तड कप T20 क्रीकेट प्रतियोगिताको फाइनल खेल २४ गते हुने

बेलडाँडी,
हिन्दुहरुको महान चाड शुभ दिपावलीको अवसरमा न्यु खप्तड युवा समाज बेलडाँडी गाउँपालिका -३ खैरिघाटद्वारा आयोजित”खप्तड T20 क्रीकेट प्रतियोगिता-2078″ को फाइनल खेल कार्तिक २४ गते १२ बजे हुने अायोजकले जनाएको छ ।

कार्तिक १४ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका २३ वटा टिमको सहभागिता रहेको थियो।

नकआउट सिस्टमद्वारा खेलाइएको उक्त प्रतियोगिताको फाइनलमा कालिका समाज खैरिघाट पुगि सकेको छ भने दोस्रो सेमिफाइनलको खेल बाकी रहेको छ । दोस्रो सेमिफाइनलमा पुगेका टिम हरु चवन्नी बजार र त्रिपूरा पचुइ बिचको बिजेताले फाइनलमा कालिका समाजसंग प्रतिस्पर्धा गर्ने अायोजक क्लबका अध्यक्ष नरेन्द्र बिष्टले जानकारी गराउनु भयो ।

स्थानीय क्रीकेट खेलाडीहरुको प्रतिभालाई उजागर गर्ने उदेश्यका साथ संचालन गरिएको उक्त प्रतियोगितामा थुप्रै नयाँ उदयमान खेलाडी जन्मेको अध्यक्ष बिष्टले जानकारी गराए ।
नियमित यस्ता किसिमका प्रतियोगिता भए देशकै लागि खेल्ने क्रीकेट खेलाडी उत्पादन गर्न सकिने उहाको धारण रहेको छ।साथै फाइनल खेलमा उपस्थित भैदिन हुन आम बेलडाँडी वासीलाई अपिल समेत गरेका छ्न् ।

ताजा समाचार