Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीकृष्णपुरबाट समाजवादी प्रवेस गर्नेको ओईरो

कृष्णपुरबाट समाजवादी प्रवेस गर्नेको ओईरो

कञ्चनपुर,
कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट विभिन्न पार्टी परित्याग गरेर डेढसय नेता कार्यकर्ताले नेकपा एकिकृत समाजवादी पार्टी प्रवेस गरेका छन । मंगलबार समाजवादीले कृष्णपुर नगरपालिकामा आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर डेढसय नेता कार्यकर्ताले नेकपा एकिकृत समाजवादी पार्टी प्रवेस गरेका हुन । नेकपा एकिकृत समाजवादी कञ्चनपुरका युवा नेता सुरेन्द्र बमले मुख्य राजनीतिक दल परित्याग गरेर सयौँ नेता कार्यकर्ता र स्वतन्त्र सहितसमाजवादीमा प्रवेस गरेको बताए ।
समाजवादीका युवा नेता बमका अनुसार एमालेबाट सबैभन्दा बढि ६४ काँग्रेसबाट १३, माअ‍ोवादी केन्द्रबाट १०, राप्रपाबाट १० सहित बाँकी स्वतन्त्र नागरिकले समाजवादी पार्टी रोजेको बताए । ‘सबैभन्दा बढि एमालेबाट हाम्रो पार्टीमा प्रवेस गरेका छन, ‘उनले भने, ‘एमाले कृष्णपुरमा पहिरो नै गएको छ ।’ सिङ्गो पुरानो पार्टी एमालेमै भएकाले बाँकी छुटेका नेता कार्यकर्ता आउनेक्रम जारी रहेको उनले बताए ।
०५२ साल एमाले तत्तकालिन एमाले कृष्णपुर गाविसबाट सह सचिव भएका र लामो समयमा एमालेमा राजनीतिक गरेका दिवान कार्कीले समाजवादी पार्टी प्रवेस गरेको युवा नेता बमले बताए । कम्यूनिष्ट पार्टीमा देवत्वकरण र बा प्रवृतिका बिरुद्धमा उनले समाजवादी रोजेको बताए । कार्की संगै एमाले प्रवेस गर्ने रमेश दमाई, प्रेमलाल दमाई, प्रेम दमाई, दिपमक महरा, लालमणी नाथ, रामपुरी दमाई, मुकुन्द कठायत, कमान सिह चौधरी, मनोहर बोहार, तिलक साउद, कविराज चौधरी, रेबती बोहरा, सरिता बोहरा, दल ब. साउद, रतन बुढा, शिवराज पन्त, कलावती तिरुवा, रमेश तिरुवा, ईन्द्र लुहार, चन्द्र बहादुर विष्ट, दल ब. विष्ट, काँग्रेसबाट खन्टे सुनार, मदन सुनार, मनोहर खत्री, राम ब. बुढा, माओवादीबाट मदन नेपाली, मतिरेबती महरा, सरिता महरा, पदम लुहार, बने आग्री, खैरे आग्री, राप्रपा सरस्वती चन्द, कमला चन्द, गोमति चन्द, हरिप्रिया चन्द, राधा सिह, धना ठगुन्ना, शान्ति बम सहितका सयौँ नेता कार्यकर्ता एव स्वतन्त्रले समाजवादी रोजेका हुन । समाजवादी सुप प्रदेशका उप सचिव तारालामा तामाङ्ग, कञ्चनपुर इन्चार्ज लाल ब. खडका, जिल्ला अध्यक्ष जिवनराज थापा, कुलबिर चौधरी, युवा नेता सुरेन्द्र बम, माधव पन्त सहितले स्वागत गर्दै पार्टी प्रवेस गराएर उचित जिम्मेबारी दिने बताएका छन ।

ताजा समाचार