Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलाैरीमा नयाँ मोटरसाइकल चोर्ने चार जना पक्राउ

बेलाैरीमा नयाँ मोटरसाइकल चोर्ने चार जना पक्राउ

कञ्चनपुर, गत शनिबार कार्तिक ७ गते राति कञ्चनपुरको बेलौरीमा रहेको डिडि अटोमोबाइल्सबाट ३ वटा नयाँ मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मोटरसाइकल चोरी गर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुर बस्ने २० वर्षीय विवेक बम, सोही ठाउँ बस्ने १८ वर्षीय किरन नाथ, शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडी बस्ने १९ वर्षीय ठग्गी राना र शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन्साह बस्ने १९ वर्षीय पारस बिष्टलाई पक्राउ गरी कानुन बमोजिम कारबाही भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो ।

बेलौरीको बजाज मोटरसाइकल स्वरुम समेत रहेको डिडी अटोमोबाइल्सको सटरको ताला र सिसाको ढोका फोडेर कार्तिक ७ गते अन्दाजी राति ०१ः४० बजेको समयमा ३ वटा बजाज कम्पनीका पल्सर मोटरसाइकल एक समूहले चोरी लगेको थियो । आइतबार बिहान डिडी अटोमोबाइल्सका सञ्चालक दीपेन्द्र बिष्टले प्रहरीलाई खबर गरे लगत्तै अनुसन्धानका लागि प्रहरी निरीक्षक खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान गरी उक्त स्वरुमबाट चोरी भएका मोटरसाइकलहरू मध्ये कार्तिक ७ गते १ मोटरसाइकल, कार्तिक ८ गते १ मोटरसाइकल र कार्तिक ११ गते १ मोटरसाइकल गरी तीन वटै मोटरसाइकल फेला पारेको थियो । उक्त घटनामा कम्तीमा पनि ५ जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजि कार्य जारी रहेको प्रहरी निरीक्षक खड्काले बताउनु भयो ।

ताजा समाचार