Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीस्थानिय चुनावमा बेलडाँडी वडा नं. २ बाट लडेका सबै उमेदवार एमालेमा, बेलडाँडीमा...

स्थानिय चुनावमा बेलडाँडी वडा नं. २ बाट लडेका सबै उमेदवार एमालेमा, बेलडाँडीमा एमाले अझै बलियो भएको संकेत

बेलडाँडी,
स्थानिय चुनवा २०७४ मा बेलडाँडी गाउँपालिका वडा नं.२ का सबै पाटी बाट लडेका उमेदवार नेकपा एमालेमा रहेका छन् ।

१०औ महाधिवेशन चलेका बेला हिजो भएको वडा अधिवेशनमा सबै उमेदवार एकै पाटीमा देखिएका छन् । प्रेम राज खाती एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए भने तिनका प्रत्यासी पाचैँ जना एमालेमा रहेका छन् जसमध्ये लक्ष्मण सुनार नेपाली कांग्रेस, बिष्णु राम उपाध्याय नेकपा माओवादी केन्द्र, गोपाल धामी राप्रपा, कृष्ण धामी मधेसी जनअधिकार फोरम बाट उमेदार रहेका थिए ।

हिजो सम्पन्न वडा अधिबेशन बाट प्रेम राज खाती, लक्ष्मण सुनार, बिष्णु राम उपाध्याय गाउँ अधिबेशन प्रतिनिधिमा छनौट भएका छन् भने कृष्ण धामी वडा कमिटी सचिव रहनुका साथै गोपाल धामी गाउँ कमिटी सदस्यका लागि चयन भएको बेलडाँडीका युवा नेता तथा गाउँकमिटि सचिवाल सदस्य शंकर भट्टले जानकारी गराउनु भयो । उहाँका अनुसार वडाबाट लडेका सबै उमेदवार एकै पाटीमा रहेको देख्दा एमाले बाहेक अर्को विकल्प नरहेको बताए ।

ताजा समाचार