Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीहल्दुखालमा वडा स्तरिय कबड्डी प्रतियोगिता शुरु

हल्दुखालमा वडा स्तरिय कबड्डी प्रतियोगिता शुरु

सुवर्ण प्रशाद जोशी,
कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालमा वडा स्तरिय कबड्डी प्रतियोगिता शुरु भएको छ । शनिबारदेखि भीनपा ७ वडा कार्यालय र दिनज्योति क्लबको आयोजनामा वडा स्तरिय कबड्डी प्रतियोगिता शुरु भएको हो । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले प्रतियोगिता उद्घाटन गर्दै खेल क्षेत्रको विकासमा नगरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा भीनपा ७का वडाध्यक्ष शंकर कुँवरले खेल क्षेत्रकोे विकासका लागि संयुक्त रुपमा प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताको उद्घाटनकै दिन भीनपा ७को विजयी शुरुवात भएको छ । भीनपा ७ले १८लाई हराउँदै विजयी शुरुवात गरेको हो । भीनपा ७ले ६१ र भीनपा १८ले १५ अंक ल्याएका थिए । कुल १२ टिम सहभागि रहेको प्रतियोगिता १५ कार्तिकसम्म संचालन हुने छ ।

ताजा समाचार