Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस नेता प्रकाश राज पन्त महाधिवेशन प्रतिनिधिको तिब्र रेसमा

काँग्रेस नेता प्रकाश राज पन्त महाधिवेशन प्रतिनिधिको तिब्र रेसमा

नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता प्रकाश राज पन्त केन्द्रिय महाधिवेशन प्रतिनिधिको तिब्र रेसमा जुटेका छन् ।

काँग्रेस कञ्चनपुर जिल्ला सदस्य समेत रहेका युवा नेता पन्त काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधिको रेसमा जुटेका हुन । सहिद भिम दत्त पन्तका नाति समेत रहेका नेता पन्त जुझारु नेताका रुपमा चिनिन्छन ।

युवा पुस्ताका ढुकढुकी समेत बनिरहेका नेता पन्त कञ्चनपुरको सीमा विवादका विषयमा भारतीय पक्षलाई खबरदारी गर्दै आएका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका-४ बेलाैरी बजारमा घर भएका नेता पन्तले पार्टीमा जिल्ला देखि केन्द्रीय स्तरसम्म बलियो पकड जमाएका छन् ।

अहिले काँग्रेस भित्र पनी उनीलाई निर्वाचन क्षेत्र नम्बर- १ मा उदयमान नेताका रुपमा आफ्नो स्थान ओगेटिरहेका छन् । युवा नेता पन्त आफु अहिले काँग्रेसको १४ औ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेद्धवारी रहेकाे बताए ।

उनले भने ”काँग्रेसलाई गुट उपगुट अन्त्य गरी पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टीको रुपमा ल्याउन र पार्टीलाई समावेशी तवरले अघि लैजान आफ्नो उम्मेद्धवारी केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि रहेको उनको कथन छ ।

 

No description available.

 

तसर्थ पार्टीका सम्पूर्ण मतदाता वर्गलाई महाधिवेशन प्रतिनिधिमा विजयी गराई सहयोग गरिदिन हुन अनुरोध समेत गरेका छन् ।

ताजा समाचार