Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी पुगेकी पुर्व खानेपानी मन्त्री मगरले भेटेनन् बाघ पिडितला

बेलडाँडी पुगेकी पुर्व खानेपानी मन्त्री मगरले भेटेनन् बाघ पिडितला

बेलडाँडी,
पुर्व खानेपानी मन्त्री तथा कञ्चनपुर क्षेत्र नं.१ की अभिभावक बिना मगर बाढी आएको नौं दिन पछि आफ्नो क्षेत्र बेलडाँडी बाढी पिडित तथा ढुवान पिडितलाई भेट्न पुगेका बेला बेलडाँडी बाघद्धारा पिडित बनेका परिवारलाई नभेटी फर्केकी छिन् ।

यस क्षेत्रकी अभिभावकको हैसियतले बेलडाँडीमा दिनप्रतिदिन बाघले आतंक मचाइ राखेका बेला पुग्दा समेत सो ठाउँका पिडित नागरिकलाई नभेट्दा पिडित परिवार आक्रोसित बनेका छन् ।

पुर्व मन्त्री मगरले बाघ नियन्त्रणका लागि पहल गर्नु त कहाँ हो कहाँ सो ठाउँ पुगेर समेत नभेटर जानु कहाँ सम्मको नियत हो स्पष्ट देखिएको छ । हुन त बाढी तथा डुवान पिडितलाई भेट्ने भनि निस्केका मगरको ठाउँठाउँमा चर्को आलोचना खेपाइले तनावका कारण समेत नभेट्न सकेको हुन सक्ने धेरैले आकलन गरेका छन् ।

बाघले दैनिक गाउँमा पसेर पशुचौपाया खाने गरेको खवर भाइरल हुदा समेत पुर्व मन्त्री तथा यस क्षेत्रकी सभासदले चासो नदिनुको पछाडी के राज छ पिडित परिवारले भने । बेलडाँडी २ क्याम्प टोलमा दैनिक बाघले आतंक मचाइरहेको छ । गाउँमा भएका कुकुर सबै खाएर सकेपछि बाघ खसी,बाख्रा, गाई चौपायामा पल्केको छ । हिजो मात्र एक बख्रा र एक गोठमा बाधेको गाई खाएको छ ।

बाघ नियन्त्रणका लागि स्थानीयले बारम्वार निकुञ्ज कार्यालयलाई गुहार माग्दा एक दिन मात्र प्राविधिक टोली परिचालन गरेको र त्यसपछि पनि बाघ गाउँमा पस्न छोडेको छैन् । यस विषयमा सरोकार वाला गम्भिर हुनुपर्ने र बाघ नियन्त्रणमा जोडदिनु पर्ने स्थानीयको भनाई छ ।

ताजा समाचार