Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीवडा सदस्य बिष्टले भेटे बाघ पिडितहरुलाई, अातंक अझै रोकिएन

वडा सदस्य बिष्टले भेटे बाघ पिडितहरुलाई, अातंक अझै रोकिएन

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.२ को क्याम्प टोलमा केहि दिन पहिला देखि नियमित पल्लकेको बाघबाट पिडित परिवारलाई बेलडाँडी वडा नं.२ की वडा सदस्य रमा बिष्ट भण्डारीले भेटेका छन् ।

क्याम्पको वस्ती टोलटोलमा दैनिक बाघले आतंक मचाउदा समेत जनप्रतिनिधीको ध्यान सो ठाउँमा नपुको बेला बिष्टले ति परिवारलाई भेटेकी छिन् । यस क्षेत्रबाट निर्वाचित भएकी पुर्व खानेपानी मन्त्री बिना मगर समेत बेलडाँडीका बाढी पिडितलाई भेट्न गएका बेला बाघ पिडितलाई नभेटेको भन्दै पिडित परिवारहरुले गुनासो पोखेका छन् । आफ्नो अभिभावक भइ सकेपछि मगर त्यसै ठाउँमा पुगे पनि बाघले आतंक मचाएको ठाउँमा पुगेकी छैनन् ।

सदस्य बिष्टले पिडित परिवारहरुलाइ क्षतिपुर्तीका लागि गाउँपालिकामा निवेदन दिन आग्रह गर्दै राहतको लागि ब्यापक माग गर्ने बताउनु भयो ।
हिजो पनि बाघले एक बाख्रा र एक गाइ खाएछ ।

भिडियो सहित    

ताजा समाचार