Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीएमाले बेलडाँडीका सबै वडामा सर्वसम्मत

एमाले बेलडाँडीका सबै वडामा सर्वसम्मत

बेलडाँडी,
नेकपा एमाले बेलडाँडीका सबै वडाहरुमा सर्वसम्मत चयन गरिएको छ । १०औँ महाधिवेशनका लागि शुक्रबार कञ्चनपुरको बेलडाँडी गाँउपालिका पाँचै वडामा भएको सम्मेलनबाट वडा कमिटि विस्तार भएको हो ।

नेकपा एमाले बेलडाँडी गाँउपालिका युवा नेता एव पार्टी सचिवालय सदस्य शंकर दत्त भट्टले १देखि ५ सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको बताए । बेलडाँडी एमाले सचिवालय सदस्य भट्टका अनुसार हरेक वडामा अध्यक्ष सहित ३१ सदस्यीय वडा कमिटि विस्तार गरिएको छ ।

१मा कमल सिह डडाल, २मा गणेश दत्त भट्ट, ३मा जय ब. विष्ट, ४मा रतन सिह खडका र ५मा अम्मर रोकाया नेतृत्वका वडा कमिटि विस्तार गरिएको हो । क्रमस १देखि ५का उपाध्यक्षहरु लक्ष्मीराज निलौला, बिमलामान थापा, चित्र ब. चौधरी, बुद्धिराम राना, १देखि ५वडाकै सचिवहरु भन ब. विष्ट, कृष्णसिह धामी, पुष्पा कुमार उपाध्याय, झुप ब. बुढा, हरिगोबिन्द जोशी रहेका छन । भने क्रमस १देखि ५वटै वडाका उपसचिहरु राज बहादुर चन्द/बुद्धिराम चौधरी, मानसिह खत्री/नन्दादेवी सेटी, रविन नाथ/भुपेन्द्र थापा, रमेश खडका/करन सिह बडाल र लक्ष्मी खडका/बिन्द्रा रोकाया रहेका छन । एमाले बेलडाँडीले सबैभन्दा पहिले सहमतीय आधारमा वडा किमिटी विस्तार गरेको हो । निर्वाचित पदाधिकारीहरुलाई नेताहरुले बधाई तथा शुभकामना दिएका छन ।

ताजा समाचार