काठमाण्डौँ,
सामुदायिक विद्यालयका कार्यरत बाल विकासका शिक्षकको न्यायिक पारिश्रमिक तलब सेवा सुविधा बृद्धि गर्न माग राख्दै प्रदेशका मन्त्री, शिक्षक नेताले माग अघि सारेका छन ।

सुदूरपश्चिम प्रदेश भूमि ब्यवस्था,कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनार ,एकिकृत अखिल नेपाल शिक्षक संगठन निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज बोक्सर जोशी लगायत टिमलेृ संघीय शिक्षा बिज्ञान प्रबिधि मन्त्री देवेन्द्र पौडेलाई ज्ञापन पत्र बुझाउँदै सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षकको तलब सेवा सुविधा बृद्धि गर्नुपर्ने माग अघि सारेर ज्ञापन पत्र बुझाएका हुन । ,एकिकृत अखिल नेपाल शिक्षक संगठन निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज बोक्सर जोशीले सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि बाल विकासका शिक्षकको महत्वपूर्ण भूमिका हुने भन्दै सेवा सुविधा बृद्धि गर्नुपर्नेमा जोडदिएको बताए । संघीय सरकारले चालु बर्षदेखि १५ हजार मासिक पु¥याउने घोषण गरेपनि सुप प्रदेशका केही पालिकाले घरबाटै दिनुपर्ने जस्तो गरेर नदिएको भन्दै शिक्षामन्त्रीको ध्यानाकर्षण गराए । पीडित शिक्षक बाल बिकास,बिधालय कर्मचारी, राहात, निजी,साविक उमावि अस्पतालआदी बिषयमा बिशेष ध्यानाकर्षण गराउदै स्थानीय सरकारले गरेको भेदभाव बाट बाल बिकास शिक्षकहरूलाई थप तलब नपाएको पिडा ,कहिले सम्म यस्तो व्यवहार हुने यसलाई अबको सरकारले गर्ने बिश्वास जाहेर गरिएको छ ।