Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबम आयोगको प्रतिवेदन कार्यान्वयन गर्न आरक्षपीडितको माग

बम आयोगको प्रतिवेदन कार्यान्वयन गर्न आरक्षपीडितको माग

कञ्चनपुरका आरक्षपीडितले सुरेन्द्र बम नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग अघि सारेका छन । बुधबार आरक्षपीडित संघर्ष समितिले आयोजना गरेको पीडितका समस्या बारे छलफल कार्यक्रममा पीडितले बम नेतृत्वको आयोगको प्रतिवेदन पीडितको हितमा भएको भन्दै सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोडदिएका छन ।

बम आयोगले आरक्षविस्थापित परिवारको पुर्नस्थापनाका लागि कम्तिमा १० कट्टा जमिन र नभए ६०लाख रुपैया दिने प्रस्ताव अघि सारेर सरकारलाई प्रतिवेदन बुझाएका थिए । पीडितले उक्त प्रतिवेदन कार्यान्वयन गर्न जोडदार माग अघि सारेका हुन ।

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले पीडितले एकमुष्ठ रुपमा बम आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले ढिलाई गरिरहेको प्रति चिन्ता व्यक्त गरेको बताए । ‘बम आयोगले पीडितको हितमा ल्याएको प्रतिवेदन सरकार कार्यान्वयन गर्न किन दिलाई गरेको छ, ‘उनले भने, ‘यसमा जनप्रतिनिधीले समेत सहयोग गर्नुपर्छ ।’ जिल्लाका जनप्रतिनिधी राजनीति दलले समेत आरक्षपीडितको समस्या समाधानका लागि सरकारले चासो दिनुपर्नेमा जोडदिएका छन । बेलडाँडी गाँउपालिका अध्यक्ष धन बहादुर थापाले आरक्षपीडितको समस्या समाधानका लागि पालिकाका तर्फबाट पहल गर्ने बताए । कार्यक्रममा गाँउपालिका अध्यक्ष थापा, बेलडाँडीका १ का अध्यक्ष अम्मर खत्री, बेलौरी नगरपालिका ९ का वडाध्यक्ष शमसेर सिह पेला, शुक्लाफाँटा नगरपालिका वडा सदस्य पार्वती भाट, न्याय समिति सदस्य विमला सार्की, १२ का वडाध्यक्ष बाले राना, बेदकोट ९का वडाध्यक्ष रामसिह धामीले स्थानीय सरकारका तर्फबाट सहयोग गर्ने बताएका छन । काँग्रेस नेता तेज बहादुर शाह, माओवादी नेता कैलाश सुनारले समेत पीडितको समस्यामा पार्टीका तर्फबाट पहल गर्ने बताएका छन । अध्यक्ष भण्डारीले बम आयोगको प्रतिवेदन कार्यान्वयनका लागि संघ सरकारको ध्यानाकर्षण गराउनका लागि राजधानी जाने निर्णय गरेका छन । ०५८सालमा हालकै प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको तत्तकालिन सरकारले आरक्षपीडितलाई विस्थापित गरेका थिए । अहिले देउवा प्रधानमन्त्री हुँदा पीडितले समस्याप्रति गम्भिर हुन आग्रह गर्दै आएका छन ।

ताजा समाचार