Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीमाधव कुमार नेपालको ओलीप्रति कटाक्ष ः गफ बढि कामकम

माधव कुमार नेपालको ओलीप्रति कटाक्ष ः गफ बढि कामकम

कञ्चनपुर,
नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीलाई दक्षित गरेर बादशाहलाई घोडाबाट झाँरिएको कटाक्ष गरेका छन । बिहीबार समाजवादी पार्टी कञ्चनपुरको महेन्द्रनतगरमा पार्टी कार्यालय उद्घाटन गर्दै समाजवादीका अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीप्रति लक्षित गरेर बादशाहलाई घोडाबाट झाँरिएको कटाक्ष गरेका हुन । ‘बादशाहलाई घोडाबाट झारेर नयाँ अवस्था सृजना भएको छ, ‘पाँच दलको गठबन्ध भएको छ, चुनावसम्म रहन्छ ।’
पार्टीले नयाँ किर्तिमान कायम गरेको बताउदै नेपालले सुप प्रदेश संसदीय दलमा पाटी पहिलो बनेको बताए । ‘हामी सुप प्रदेशमा पहिलो, माओवादी दोस्रो, काँग्रेस तेस्रो र केपी ओली त त्यो भन्दा तलतल ।’ आफुहरुले बनाएको पार्टी ओलीले कब्जा गर्न खोजेपछि बिद्रोह गरेर नयाँ पार्टी बनाएको उनले बताए । ‘मलाई ओलीको चर्चा गर्नुछैन, उहाँ अहिले जथाभावि आक्र्रोस पोख्दै हुनुहुन्छ, ‘नेपालले भने, ‘स्वयत्त निकायमा ओलीले अनावश्यक बखेडा झिकिरहेका छन ।’ समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति थप कटाक्ष गर्दै गाँउकी काम नगर्ने बुढीकाखीको संज्ञा दिदै बोल्ने, बुहारी थर्काउने
ओली प्रवृति, कम्यूनिष्ट आन्दोलनमा बिरुद्धमा आएको विचलन बिरुद्धमा दृढताका साथ नेता कार्यकर्ताले साथ दिएकाले नयाँ पार्टी बनेको बताए । समाजवादीका अध्यक्ष नेपालले चुनाव र जनताको काममा होमिन समेत कार्यकर्तालाई निर्देशन दिनुभयो ।
पुर्व प्रधानमन्त्री समेत रहेका समावादीका अध्यक्ष नेपालले बाढीपीडितलाई राहत, क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग अघि सारे । बाढीपीडित जनतालाई सहयोग गर्न समेत नेपालले कार्यकर्तालाई निर्देशन दिनुभयो । नेकपा एकिकृत समाजवादी कञ्चनपुरका उपसचिव रविन्द्र कुवरले संचालन गरेको कार्यक्रममा समाजवादीका केन्द्रीय, प्रदेश, जिल्ला सहित स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो । बिहीबारदेखि समाजवादी कञ्चनपुरको अब भीनपा २भाँसी महेन्द्रनगरमा नियमित पार्टी कार्यालय संचालन हुनेछ ।

ताजा समाचार