कञ्चनपुर,
एमालेबाट बिद्रोह गरि बनेको नयाँ दल नेकपा एकिकृत समाजवादीका केन्द्रीय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल आज कञ्चनपुर आउन लागेका छन । बिहीबार बिहान कञ्चनपुर आईपुग्ने नेकपा एकिकृत समाजवादीले जनाएको छ । नेकपा एकिकृत समाजवादी कञ्चनपुरका युवा नेता हरक सिह धामीले पार्टी अध्यक्ष नेपाल बिहान १०बजेतिर महेन्द्रनगर पुग्ने बताए । ‘आज हाम्रा श्रदेय अध्यक्ष माधव कुमार नेपाल ज्यू जिल्ला पुग्दैछन, ‘उनले भने, ‘हामीले प्रतिगतम परास्थ गर्दै नयाँ सोचविचारका साथ नयाँ पार्टी निर्माण गरेका छौँ, त्यही सिलसिलामा पार्टी कार्यालय उद्घाटनका लागि यहाँ आउन लागेका हुन ।’ भीनपा २ भाँसी स्थित पार्टी कार्यालय उद्घाटन, पार्टी कार्यालय सम्बोधन गर्नदेखि सम्भव भए बाढी प्रभावित क्षेत्रको अनुगमन गरिने बताए । पार्टी अध्यक्ष नै जिल्ला आउने भएपनि नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ता नेपालको स्वागतमा खटिएका छन ।
