Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीबेलाैरी : खुला पुरुष टी -२० क्रिकेट प्रतियाेगिता शुरु

बेलाैरी : खुला पुरुष टी -२० क्रिकेट प्रतियाेगिता शुरु

बेलाैरी : खुला पुरुष टी -२० क्रिकेट प्रतियाेगिता शुरु

२०७८ कार्तिक १० बुधबार

बेलौरी, कञ्चनपुर-

 

बेलौरीमा खुला टी-२० पुरुष क्रिकेट प्रतियोगिता बुधवार देखि शुरु भएको छ । खेलकुद बिकास समिति बेलौरी नगरपालिका वडा नम्बर ४ को आयोजनामा उक्त  क्रिकेट प्रतियोगिता शुरु भएको हो ।

 

बेलौरीको खुला मञ्चमा शुरु भएको क्रिकेट प्रतियोगिताको उपप्रमुख चित्र कुमारी चौधरीले बल फालेर र नगर प्रमुख पोतीलाल चौधरीले बललाई ब्याटले हानेर उद्घाटन गरेका थिए । प्रतियोगितामा धनगढी, महेन्द्रनगर, बेल्डाँडी, लालझाडी, पुनर्वासका टिम सहित २८ ओटा टिमको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।

 

No description available.

 

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पोतिलाल चौधरीले खेल जगत बाट विश्व सामु देश चिनाउन सकिने भएकाले अनुशासित र लगनशिल भएर लाग्न खेलाडीलाई अनुरोध गरे । खेलाडीहरूको क्षमता अभिबृद्धी तथा समग्र खेलकुद बिकासका लागि नगरपालिकाबाट नियम सँगत गर्न सकिने सहयोग गर्न आफु सधै तत्पर रहेको नगर प्रमुख चौधरीले बताए ।

 

May be an image of 1 person, standing and outdoors

 

बेलौरी खेलकुद बिकास समितिका अध्यक्ष शिशिर चापागाईको सभापतित्वमा उद्घाटन भएको कार्यक्रममा नगर उपप्रमुख चित्र कुमारी चौधरी विशिष्ट अतिथिमा रहेको थियो ।

 

यस्तै अतिथिहरूमा नेकपा माओबादी बेलौरीका अध्यक्ष हर्क भुल, नेपाली काँग्रेस बेलौरीका सभापति पेपुराम चौधरी, नेकपा एमाले बेलौरीका अध्यक्ष बाबुराम न्यौपाने रहेका थिए ।

 

आज भएको उद्घाटन खेलमा त्रिपुरा युवा क्लब बेलौरी ८ र बेल्डाँडी युवा क्लब बेल्डाँडी ५ बिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रथम पुरुस्कार नगद ५० हजार र द्वितीय पुरुस्कार २५ हजार रहेको छ । प्रतियोगिता यहि कार्तिक २४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

ताजा समाचार