Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीका चार समूहको एकै दिन वार्षिक साधारणसभा सम्पन्न

बेलडाँडीका चार समूहको एकै दिन वार्षिक साधारणसभा सम्पन्न

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.५ का ४ वटा समूहको एकैदिन साधारणसभा सम्पन्न भएको छ ।

कञ्चन सामुदायिक विकास केन्द्र बेलडाँडी अन्तरगत एकै वडाका ४ वटा समूहको एकै कार्यक्रममा साधारणसभा शुरु भई सम्पन्न भएको कञ्चन सामुदायिक विकास केन्द्रले जानकारी गराएको छ ।

मिलन,शान्ती,सगरमाथा र एकता समूहले अफ्नो ५औं वार्षिक साधार सभा बेलडाँडी वडा नं.५ सिचाइ घर नजिक कञ्चन सामुदायिक विकास केन्द्रको सहजिकरणमा एक भब्य कार्यक्रमका विच सम्पन्न गरेका हुन् ।
चार वटा समूहका अध्यक्षहरु मध्ये जेष्ठ नागरिक मिलन समूह की अध्यक्ष लक्ष्मी देवी उपाध्यायको सभापतित्वमा प्रमुख अतिथि वडा नं.५ का का.वा. अध्यक्ष कमला देवी ओखेडा रहनु भएको थियो । समूहहरुले आ आफ्नो वार्षिक प्रगति प्रतिवेदन सभामा सार्वजनिक गरेका थिए । अहिले बेलडाँडीको वडा नं.५ डुवानमा परेको पिरलाई थाति राख्दै समूहहरुले सरकारले डुवान पिडितहरुका लागि राहतका कार्यक्रम ल्याउनु पर्ने माग समेत गरेका थिए । कार्यक्रममा बोल्दै अधिकांस वक्ताहरुले समूहको प्रगति प्रतिवेदन अनुसार समुहले राम्रो कार्य गरेको भन्दै प्रसंशा समेत गरेका थिए । यति बेला डुवानको पिडा खेपिरहेका किसानको समस्याका बारेमा सरकारलाई गम्भिर भई क्षतिपुर्ती स्वरुप रातह प्याकेज ल्याउन आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा त्यस क्षेत्रका जेष्ट नागरिक र एकल महिलाहरुलाई सम्मान समेत गरेका थिए ।
कार्यक्रकाको संचालन मिलन समूहका सह सचिव शुसिला रोकायाले गर्नु भएको थियो । 

ताजा समाचार