Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरमा जंगली जनावरको आतङ्क पहिलो पटक गैडाले मानिसमाथि अाक्रमण

कञ्चनपुरमा जंगली जनावरको आतङ्क पहिलो पटक गैडाले मानिसमाथि अाक्रमण

शुनिल राना/कञ्चनपुर,
कञ्चनपुरमा जंगली जनावरको आतङ्क भईरहेको छ । कतै चितुवा, कतै हात्ती त कतै गैडाको आतङ्क भईरहेको हो ।
३ कार्तिकमा कञ्चनपुरको शुल्लाफाँटा नगरपालिका १२ कालागौडीमा जंगली हात्तीको बथानले एक दाम्पत्तीमाथि आक्रम्रण गरेको साता नवित्दै बेलौरीमा गैडाले मानिसमाथि आक्र्रमण गरेको छ । बुधबार बिहान गैडाले बेलौरी नगरपालिका ४ मैनाहका ५३ बर्षिया पुरुष धनीराम रानामाथि आक्र्रमण गरेको हो । रानाको पिठ््युमा गैडाले सिङ्ग प्रहार
गरेको छ ।
अमर सामुदायिक वन र बस्तीको सीमा क्षेत्रमा पुगेको गैडाले रानामाथि आक्र्रमण गरेको हो । डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख दिनेश कुमार यादवले ईतिहासमै पहिलो पटक गैडाले कञ्चनपुरमा मानिसमाथि आक्र्रमण गरेको बताए । ‘गैडाले मानिसमाथि आक्र्रमण गरेको यो पहिलो घटना हो, ‘उनले भने, ‘यस अघि गैडाले नै मानिसमाथि आक्र्रमण गरेको रेकर्ड छैन ।’ घाईते रानाको बेलौरी स्थित इसान मेमोरियल अस्पतालमा उपचार भईरहेको छ । उनका अनुसार घाईते रानाको अवस्था सुधारोन्मुख भईरहेको छ ।
डिभिजन वन कार्यालयका निमित्त प्रमुख यादवले बन्यजन्तु बस्ती नजिकै देखिनु वन, वन्यजन्तुको संरक्षण भएको उदाहरण भएको बताउँदै, मानिसमाथि आक्र्रमण भने दुखत भएको बताए । शुक्लाफाँटा नगरमा हात्तीको आक्र्रमणबाट एक दाम्पत्ती मृत्यु प्रकरणसंगै बेलडाँडी गाँउपालिका २ कालिकिच क्षेत्रमा चितुवा आतङ्क चलिरहेकै छ । चितुवा भगाउनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हात्ती परिचालन गरेको छ । कार्तिक शुरुवातदेखि कञ्चनपुरका एकातिर बाढि कटानी अर्कातिर जंगली जनावरको आतङ्कले स्थानीय त्रसित भएका छन ।

ताजा समाचार