Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा बाघले बाख्रा लगायतका चौपाया खान थालेपछि प्राविधिक टोली परिचालन

बेलडाँडीमा बाघले बाख्रा लगायतका चौपाया खान थालेपछि प्राविधिक टोली परिचालन

बेलडाँडी,

बेलडाँडी गाउँपालिकामा बाघ धपाउन प्राविधिक टोली परिचालन गरिएको छ । बाघले कृषकहरुका बाख्रा,गोरु लगायतका चौपाया खानथालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले प्राविधिक टोली परिचालन गरेको हो ।

बेलडाँडी गाउँपालिका २ क्याम्प क्षेत्रमा नियमित बाघ देखिन थालेपछि प्राविधिकसहित हात्ती परिचालन गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख दिलबहादुर पुर्जापुनले बताए । बाघ गाउँ पसेर क्षति गर्न थालेको जानकारी आएपछि धपाउनका लागि टोलि परिचालन गरेका छौं,’ उनले भने, ‘अहिले प्रभावित क्षेत्रमा २ हात्ती र माउते परिचालन गरि हात्तीलाई विच जंगल तिर लखेटेका छौं । आज भोली फेरि बाघ फर्केर आए भने आर्को विधिबाट बाघ नियन्त्रण गर्न सकिने बताए ।


बेलडाँडीको क्याम्प क्षेत्रमा साझ पर्यो की बाघ आयो भन्ने हाल्ला रात भर गरे पनि कुन गोठमा पस्यो पत्तै हुदैन भोली पल्टमात्र बाघले खाएको थाहा हुन थालेको छ । आज पनि क्याम्पकै गंगादत्त भट्टको गोठमा बाघ पसी २२ किलो भन्दा ठुलो खसी खाएको छ । यसरी प्रत्येक दिन बाघ पल्केको देख्दा स्थानीय वासिन्दा आक्रोसित बनेका छन् ।

स्थानीय सरकारले समेत यस विषमा चासो दिएको छैन् सन्तोना र राहतका कुरा त परै हुन कसको खायो के खायो भन्ने समेत अभिलेख न त वडाले राख्ने गरेको छ न त गाउँपालिकाले नै अभिलेख राख्ने कुरा छ । पिडित कहाँ पुग्नु त कहाँ हो कहाँ ।

स्थानीयले भन्दै आएका छन् निकुञ्ज किनार तिर बक्तीको व्यवस्था गरिदिने हो भने पनि बाघ गाउँ पस्न अलि कम हुने बताए । 

ताजा समाचार