कञ्चनपुरको बेलडाँडीका एक जनप्रतिनिधीले आफ्नो भत्ता बाफत सामुदायिक विद्यालयलाई बोर्ड सहयोग गरेका छन ।

बेलडाँडी गाँउपालिका १ का वडा सदस्य तथा लेखा समिति संयोजक समेत रहेका शकर दत्त भट्टले आफ्नो भत्ता बाफतको रकम बाट सामुदायिक विद्यालयलाई ह्वाईट बोर्ड सहयोग गरेका हुन ।
सोमबार एक कार्यक्रमका विच वडा सदस्य भट्टले कालिका आधारभूत विद्यालयलाई तीन थान ह्वाईट बोर्ड दिएका छन । वडा सदस्य भट्टले विद्यालयका प्रअ पदम बहादुर सिहलाई बोर्ड हस्तान्तरण गरेका छन । एमाले नेता बेलडाँडीका युवा समेत रहेका वडा सदस्य भट्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरबृद्धिकालागि आफ्नो भत्ता बाफतको रकमबाट बोर्ड सहयोग गरेको बताए । आर्थिक अभावका रहेको कालिका आधारभूत विद्यालयका प्रअ पदम बहादुर शाहले वडा सदस्यले विद्यालयलाई गरेको सहयोगप्रति आभार प्रकट गरेका छन ।