Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीबाढीले झर्नाखोलाको पुल पहुँचमार्ग भत्कियो, स्थानीय जनतालाई आवतजावतमा समस्या

बाढीले झर्नाखोलाको पुल पहुँचमार्ग भत्कियो, स्थानीय जनतालाई आवतजावतमा समस्या

कञ्चनपुर,
मनसुन सकिएपछि अनपेक्षित रुपमा परेको बर्षाले ल्याएको बाढीले कञ्चनपुरको झर्नाखोलाको पुल पहुँचमार्ग भत्किएको छ ।
बेलडाँडी गाँउपालिका १ सरस्वती माविदेखि दुईकट्टा बस्ती जोड्ने झर्नाखोलामा रहेको कल्र्भट बाढीले पहुँचमार्ग भत्किएको हो ।
पुलको दाँयाबाँया सडक भत्किएसंगै स्थानीयलाई आवजजावतमा समस्या भईरहेको छ । स्थानीय दिपकराज जोशीले झर्नाखोलामा आएको बाढिले पुलको उत्तर र दक्षिणको सडक भत्काईदिएपछि आवतजावतमा समस्या भएको बताए । ‘खोलाले पुलको दुवैतर्फको सडक भत्काईदिएको छ, ‘उनले भने, ‘खोलामा सिङ्गै पुल छ, ‘सडक पुरै भत्काईदियो ।’ स्थानीयलाई मात्र नभई विद्यार्थीलाई मसेत समस्या भएको छ । सरस्वती मावि सहित अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीलाई घुमाउरो भएर विद्यालय जानुपर्ने बाध्यता छ ।
झर्नाखोलामा आएको वाढिले बेलडाँडी गाँउपालिका १ र बेलौरी नगरपालिका ९ उचो भागमा कटानी र होचो भागमा पटान गरिदिएको छ ।
बेलडाँडी गाँउपालिकाले गत आर्थिक बर्ष २०७७÷०७८ मा खोलामा कल्र्भट निर्माणको योजना ल्याएको हो । चुरे सहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर बग्ने झर्नाखोलाले पानीको बहाव धान्न नसक्ने सानो कल्र्भट निर्माण योजना नै त्रृटिपूर्ण रहेको स्थानीयको भनाई छ । खोला ठुलो छ, तर, पुल योजना सानो भएकाले सडक भत्किएर पुन नागरिकलाई दुख खेप्नुपर्ने बाध्यता सृजना भएको छ ।
गाँउपालिकाको अदुरदर्शीताका कारण नागरिकले विपद्को समस्या खेप्नु परेको छ । बेलडाँडी गाँउपालिका प्रवक्ता अमर बहादुर खत्रीले आयोजना नै त्रृटिपूर्ण रहेको स्वीकार गर्नुभयो । ‘नदीको बहाव अनुरुप पुल निर्माण गर्नुपथ्यो, ‘त्यो भएन, उनले भने, ‘आयोजना नै गलत हुँदा पुल भत्कियो, अब पुर्ननिर्माण गछौँ ।’ तत्तकालका स्थानीयलाई आवत जावत गर्न अस्थायी प्रकृतिको पुर्ननिर्माण गर्ने र पछि झर्नाखोलामा स्थायी प्रकृतिको पुल निर्माण गर्ने उनले बताए । स्थानीयले पुल भत्किएको विषयमा स्थानीय, प्रदेश र संघीय सरकार तिनका जनप्रतिनिधी कसैले समेत अनुगमन नगरिदिएको गुनासो पोखेका छन । झर्नाखोलामा विगत ०६५सालदेखि वाढिले कटानी तथा पटानीको समस्याले हजारौँ विगाह उर्बराखेती नासिदा समेत सरकारी निकायबाट त्यसको दिर्घकालिन समाधानमा चासो समेत दिईएको छैन । अन्य बाढिप्रभावित क्षेत्रमा लस्कारका लस्कर जाने नेता जनप्रतिनिधीलाई स्थानीयले झर्नाखोलाको पीडाप्रति कुनैपनि सरकार, नेता जनप्रतिनिधी उत्तरदायी नभएको आक्र्रोस पोखेका छन । योजना दिने पनि कमजोर खालको समस्या परेपछि पनि जनताको पीडा सम्बोधन नगर्ने भन्दै स्थानीय दुखित भएका छन ।

ताजा समाचार