Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीमहाकाली पुल योजनाको सडक गुणस्तहिन हुँदा भत्किएको नागरिक समाजको ठहर सडक भत्किएको...

महाकाली पुल योजनाको सडक गुणस्तहिन हुँदा भत्किएको नागरिक समाजको ठहर सडक भत्किएको बारे आवश्यक छानबिन गर्न माग

कञ्चनपुर,
नागरिक समाज कञ्चनपुरले चार लेन महाकाली पुल आयोजनाको सडक गुणस्तहिन हुँदा भत्किएको ठहर गरेको छ । नागरिक समाज कञ्चनपुरको बैठकले चार लेन महाकाली पुल आयोजनाको सडक गुणस्तहिन हुँदा भत्किएको ठहर गरेको हो ।
महामाली नदीमा निर्माण भईरहेको पुलको पहुँच मार्ग निर्माणका क्रममा निर्माण व्यवसायी र पुल योजना कार्यालयबाट कमसल र गुणस्तहिन समाग्री प्रयोग गरी सढक निर्माण कार्य लार्पबाही भएको ठहर गरिएको छ । सो कार्यको आवश्यक छानबिन गर्न सरकारसंग समेत समेत गरिएको छ । नागरिक समाज कञ्चनपुरले बाढीपिडतलाई राहत, पूर्नस्थाना, क्षतिपूर्तिको काम अघि बढाउन समेत माग अघि सारिएको छ ।
गैर सरकारी संस्था कञ्चनपुरका अध्यक्ष नरेश सिलाल, नागरिक समाजका अध्यक्ष भवराज रग्मी नागरिक अगुवा लिलाध्वज बस्नेत, भगवती भाथा सहितका नागरिक अगुवाको बैठकले सडक भत्किएको बारे आवश्यक छानबिन गरि दोषि उपर कार्बाहीका लागि माग अघि सारिएको छ । राष्ट्रिय समाजले राष्ट्रिय गौरबको आयोजना जस्तो योजनमा खेलवाड र गुरस्तहिन काम गरेको भन्दै भत्र्सना समेह जाहेर गरेको छ ।

ताजा समाचार