Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीबाढी प्रभावित क्षेत्रमा निड्स नेपाल

बाढी प्रभावित क्षेत्रमा निड्स नेपाल

डम्मर दत्त भट्ट/कञ्चनपुर,
असाेज ३१ गते राति देखि निरन्तर रुपमा परेकाे वर्षाका कारण सदुरपश्मि प्रदेशकाे अधिकान्स क्षेत्रका जनताहरुकाे जनजीवन प्रभावित बनेको छ । बाढी,पहिराे र डुबानले कष्टकर बनेका जनताकाे जनजीवन सहज बनाउन निड्स नेपालले निरन्तर उद्धार र राहतमा सहयोग गर्दैँ आएको छ । तराई क्षेत्रमा बाढी,डुबान र पहाडि क्षेत्रमा पहिराेमा परेका स्थानीयहरुलाई उद्धार कार्यमा खटिएको निड्स नेपालले अहिले प्रभावित क्षेत्रहरुमा राहत सामाग्री सहयोग गरिरहेको छ ।
विभिन्न सघसस्थाहरु निकायसँगको सहकार्यमा निड्स नेपालले राहत सामाग्री वितरण गरिरहेकाे निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए । उनका अनुसार निड्सले कात्तिक १ गते देखि नै राहत र उद्ाधारमा लागेकाे निर्देशक भवराज रेग्मीले बताए । त्यसै गरि बेलौरी नगरपालिका–१० का बाढी प्रभावित ६८ घरधुरीलाई खाद्यान्न र सरसफाई,जिन्सि सामाग्री लगाएतका सामाग्रीहरु बितरण गरिएकाे कार्यकारी निर्देशक भवराज रेग्मीले जानकारि दिएका छन् । त्यसै गरि उत्त क्षेत्रमा आईतबार मात्र ८८ घरधुरीहरुमा राहात सामाग्री वितरण गरिएकाे निर्देशक भवराज रेग्मिले बताए ।
निड्सले नेपालले भीमदत्त नगरपालिका –११,१२ र १३ नम्बर वडाका बाढि प्रभावितहरुलाई खानासँगै खाजाको व्यवस्था पनि गरेको थियो । त्यस्तै शुक्रबार दोधरा चाँदनीमा खानेपानिसँगै कम्मल, डिफर्म र सरसफाईका सामाग्री वितरण गरिएको कार्यकारी निर्देशक रेग्मीले बताए ।
निड्सले केयर नेपाल, युनिसेफकाे सहकार्यमा राहत र उद्धार कार्यहरुमा सहयाेग गर्दै आईरहेकाे कार्यकारी निर्देशक रेग्मीले जानकारि दिएका छन् । उत्त राहतका कार्यक्रमहरु कञ्चनपुरसँगै कैलालीका बाढी प्रभावित क्षेत्रमा पनि सञ्चालन गरिने निर्देशक रेग्मीले बताए ।

ताजा समाचार