Sunday, September 25, 2022
गृहपृष्ठसमाचारबेलडाँडीमा दिउसै बाघले गोठमा बाधेको बाख्रो खायो

बेलडाँडीमा दिउसै बाघले गोठमा बाधेको बाख्रो खायो

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा बाघले दिउसै गोठमा बाधेर राखेको बाख्रो मारेको छ ।
बेलडाँडी वडा नं.२ बस्ने रंगबिर बस्नेतको गोठमा अाज करिब साझ ६ बजेको समयमा बाघ पसेर बच्चा पाउने बाख्रो मारेको छ । यस्तै गत महिना देखि बेलडाँडी क्याम्प रेन्जरपोष्ट र निकुञ्ज संरक्षणका लागि खटिएका नेपाली सेनाको क्याम्प भन्दा करिब १०० मिटरको दुरीमा बाघले गोरु,गाइको बच्छा, बाख्रा, खसी खाएर आतंक मचाउदा समेत संम्वन्धित निकायको ध्यान नपुग्दा निकुञ्ज किनारका बासिन्दा चिन्तित बनेका छन् ।

आज विहान शंकर दत्त भट्टको गोठमा पसी बाघले बाच्छीलाई घाइते बनाएको थियो । अस्ति तिनै बस्नेतको गोठमा पसेर गोरु खाएको छ भने आजै तिनकै एक बाख्रो खादा बस्नेत परिवार चिन्तित बनेका छन् । केहिदिन पहिला क्याम्पकै विनोद ऐरीको गोठमा बाघपसेर ३० किलो बराबरको खसी खाएको छ । क्याम्पकै मोहन ऐरीको गोठमा बाघले बाख्रा खाने प्रयास गरेको थियो ।

यसरी दैनिक बाघले आतंक मचाउदा समेत कसैको ध्यान पुगेको छैन् बाघ नियन्त्रणका लागि कसैले पहल गर्दैन । जंगल जादा ५ सय देखि १५ सय सम्म जरिवाना तिर्ने निकुञ्ज किनारका बासीहरु यसरी बाघले आतंक मचाउदा आक्रोसित समेत बनेका छन् । मुखैमै सेनाको क्याम्प छ, मुखमै रेञ्जर पोष्ट छ तर पनि निकुञ्ज संरक्षणको नाममा किनारका बासिन्दालाई दुःख दिने काम मात्र भएको स्थानियको भनाइ छ ।

जति सरकार फेरिए पनि आरक्ष किनारका बासिन्दाको दुःख फेरिएको छैन् । कहिले हात्ती आतंक, कहिले बदेल,बादर चराहरु, गोही, अजिंगरले आतंक मचाउदा समेत यी किनारका परिवारहरुले टुलुटुलु हेर्नु बाहेक केहि छैन् । यी बस्ती संरक्षणका निम्ति संम्वन्धित निकायको समयमै ध्यान पुगोस् ।फोटो सहित                 

ताजा समाचार