Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीविपी स्मृति क्रिकेट प्रतियोगिता शुरु, आरबी स्पोर्टसको विजयी यात्रा

विपी स्मृति क्रिकेट प्रतियोगिता शुरु, आरबी स्पोर्टसको विजयी यात्रा

सुवर्ण प्रशाद जोशी,

कञ्चनपुरको तिलाचौरमा चौथो विपी स्मृति क्रिकेट प्रतियोगिता शुरु भएको छ । शुक्रबारदेखि भीमदत्त नगरपालिका ८ तिलाचौरको त्रिभुवन माविको प्राङगणमा प्रतियोगिता शुरु भएको हो । न्यू हिमालयन सामाजिक सेवा समितिका संस्थापक अध्यक्ष तथा काँग्रेस नेता समेत रहेका विष्णू प्रशाद मिश्रको स्मृतिमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताको एक कार्यक्रमका विच काँग्रेस केन्दीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखकले उद्घाटन गर्दै खेलमा राजनीतिक जस्तो नहुने र हार जित दुवै स्वीकार हुनुपर्नेमा जोडदिए । प्रतियोगिता उद्घाटनकै दिन आरबी स्पोर्टसको विजयी यात्रा शुरु गरेको छ । आरबी स्पोर्टसले युवा क्लब गड्डाचौकीलाई ७३रनले हराउँदै जितको यात्रा तय गरेको हो ।
युवा क्लबले ५८रनको टार्गेट दिएको थियो । आरबी स्पोर्टले १ सय ३१ रन बनाएको थियो । आरबीका खेलाडी दिपक चन्द म्यान अफ द म्याच घोषित भएका छन ।
सस्थाका संस्थापक अध्यक्ष मिश्रको क्रिकेट खेलमा रुची भएकाले संस्थाले उनकै स्मृतिमा प्रतियोगिता गरिन लागिएको आयोजकले जनाएको छ । न्यू हिमालयन सामाजिक सेवा समितिका अध्यक्ष मदनराज मिश्रले प्रतियोगिताको तयारी तिव्रत्तर रुपमा भईरहेको बताए । उनका अनुसार प्रतियोगितामा १३ टिमको सहभागिा रहेको छ ।
क्रिकेट क्षेत्रको विकासका साथै संस्थापक अध्यक्ष मिश्रको स्मृतिमा हुने प्रतियोगिताका विजेता टिमलाई नगद एक लाख, उप बिजेता ४५ हजार ट्रफि मेडल दिईनेछ । वेष्ट बलर, म्यान अफ द म्याच, बढि छक्का प्रहार गर्ने खेलाडी, उत्कृष्ठ खेलाडीलाई समेत पुरस्कार पुरस्कार दिईनेछ ।

ताजा समाचार