Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीटिकटक स्टार अंश बर्मा द्वाराबाढी पिडित ५० घरपरिवारलाई  खाद्यान्न सहयोग

टिकटक स्टार अंश बर्मा द्वाराबाढी पिडित ५० घरपरिवारलाई  खाद्यान्न सहयोग

प्रकाश दत्त भट्ट/कञ्चनपुर
कञ्चनपुरका टिकटक स्टार अंश बर्मा द्वाराबाढी पिडित ५० घरपरिवारलाई  खाद्यान्न वितरण गरेका छन् ।
असार ३१ गते बाट तिन दिन परेको अविरल वर्षाका कारण स्कुलमा आश्रय स्थल बनाइ बसेका वाढिपिडितलाई वर्माले आफ्नो व्याक्तिगत तर्फबाट ५० जनालाई खाद्यान्न सहयोग गरेको हुन् । प्रत्येकलाई एक कट्टा चामल, दाल २ के.जी. र चाउ चाउ १० प्योकट राहत वितरण गरेका थिए ।
‘केन्द्रीय, प्रदेश, र स्थानिय तहका सरकारले गर्नु पर्ने काम एक व्यक्तिले गरेको भन्दै स्थानिय वासिन्दा उनको अझै प्रगतिको कामना गरेका थिए ।’ ‘वर्माले यस्तो कठिन परिस्थीतिमा आफुहरुलाई सहयोग गरेकोमा यो गुन कहिले आफुहरुले नबिर्सने र उनको अझै प्रगति हुदै जाओस् समाजसेवा प्रति पनि सदैव लगाव रहोस् बाढी पिडित पुजा टमाटाले भनिन्न।’
‘आफुले यसरी सानो सहयोग गर्न पाउदा साहै्र खुशी लागेको साथै आगामी दिनमा पनि आफ्नो तर्फ बाट हुने सहयोग गर्न पछाडि नपर्ने बर्माले बताए ।
खाद्यान्न वितरण कार्यमा वडा नं. ११ कि वडा सदस्य गीता ओली, बाशुदेव भट्ट(होहो), गायत्री भट्ट लगायत स्थानीय युवाहरुको सहयोग रहेको थियो ।

ताजा समाचार