Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबैतडी डिलाशैनीकी स्वास्थ्य स्वयमसेविकाले ६ बर्षीय छोरासहित नदीमा हामफाली बेपत्ता

बैतडी डिलाशैनीकी स्वास्थ्य स्वयमसेविकाले ६ बर्षीय छोरासहित नदीमा हामफाली बेपत्ता

गोकुलेश्वर
बैतडीको डिलाशैनी गाउँपालिका–४ मठैराजकी एक स्वास्थ्य स्वयमसेविकाले ६ बर्षीय छोरासहित जमाडी गाडमा हामफालेकी छन् ।

हाडाकोट स्वास्थ्यचौकीमा कार्यरत २९ बर्षीया जयन्ती बिष्टले मंगलवार बिहान करिब १० बजेतिर छोरासहित जमाडी खोलामा हाम फालेकी हुन ।

बेपत्ता आमाछोराको अवस्था अज्ञात छ । स्थानीयका अनुसार उनका श्रीमान भारतबाट घर फर्किएको केही दिन मात्रै भएको थियो । परिवारमा श्रीमान र दुई छोरीहरु रहेको र नदीमा हाम फाल्नुको कारण नखुलेको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथले बताए ।

‘स्थानीयहरु खोजीमा जुटेका छन, तर भेट्टाएका छैनन,’ उनले भने, ‘कपडा मात्रै भेटिएको छ ।’

ताजा समाचार