Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीपुनर्वास नगर प्रमुख द्वारा बाढीपिडित को क्षति अनुगमन – नगरबाट राहत उपलब्ध...

पुनर्वास नगर प्रमुख द्वारा बाढीपिडित को क्षति अनुगमन – नगरबाट राहत उपलब्ध गराईने प्रतिबद्धता

धनबहादुर बिक/कञ्चनपुरपु

गत असोज ३१ गतेदेखि अाएको अविरल बर्षा र बाढीबाट भएको क्षति को पुनर्वास नगरपालिका प्रमुख जिवनराज थापाले स्थलगत अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा नगर प्रमुख थापाले पुनर्वास नगरपालिका वडा नम्बर ५ सिम्रि , वडा नम्बर १० , वडा नम्बर ७ पराशन, वडा नम्बर ९ सिताबस्ति , किर्तिपुर र बिचफाँटा क्षेत्र का किसानहरूको खेतमै पुगेर अनुगमन गर्नुभएको हो ।
गत असोज ३१ गतेदेखि तिनदिनसम्म अाएको लगातारको बर्षाले पुनर्वास का किसानहरूले लगायको हजारौं बिगाह धानबाली डुबानमा परि पुर्णरूपमा नष्ट पारेको छ ।
सुदूरपश्चिम का पहाडि क्षेत्र मा समेत अविरल बर्षाले दोंदा नदिमा नदिको वहाव बढेपछि सयौं बिगाह कटान गरि किसानहरूको धानबाली र उंखु बाली नष्ट पारेको छ । विपदका लागि छुट्याइएको राहत बाढीपीडित लाई वितरण गरिने नगर प्रमुख जिवनराज थापाले बताउनुभएको छ ।
शुक्रबारदेखि नै बाढीपीडित हरूको क्षति विबरण संकलन गरि राहतका लागि वडा का जनप्रतिनिधि तथा नगरपालिका कर्मचारी लाई परिचालन गरि लगत संकलन गरिने नगर प्रमुख थापाले जानकारी दिनुभयो ।
अापतकालिन स्थितिमा स्थानीय स्तरबाट किसानहरूलाई जे जति दिन सकिन्छ हामी दिन्छौं नगर प्रमुख थापाले भन्नुभयो । विपत्ति को घडीमा बाढीपीडित हरू प्रति सहानुभूति प्रकट गर्दै सबैलाई धैर्रे गर्नुपर्ने वहाँ ले बताउनुभयो । अनुगमनमा पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नारायण प्रशाद जैशी समेत रहनुभएको थियोे ।

ताजा समाचार