Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाउँपालिकाद्धारा डुवान एरियामा अनुगमन

बेलडाँडी गाउँपालिकाद्धारा डुवान एरियामा अनुगमन

बेलडाँडी,
कार्तिके अविरल वर्षाका कारण सुदूरका धेरै ठाउँमा बाढी,पहिरो, डुवान हुनुका साथै दैविक प्रकोप आइलागेको छ ।
यतिबेला बाढीपिडित तथा डुवान पिडितहरुको रोयाबासी चलेका बेला बेलडाँडी गाउँपालिका मलपट्टीका लागि डुवान भएका क्षेत्रका नागरिकहरुलाई मलमपट्टी गर्नका लागि गाउँपालिकाको डुवान भएका क्षेत्रमा पुगेका छन् ।

बेलडाँडीमा अधिकांस ठाउँमा किसानहरुका धान डुवानमा परि क्षति भएको छ । बेलडाँडीका अधिकांस खल्ला क्षेत्रका किसानहरुले ठुलो मर्का खेपिरहेका छन् । काटेको धान पानीले बगाएको छ बाचेको धान भिजेर नाश भएको देख्दा किसानहरु चिन्तित देखिन्छन् । यस्तै चिन्तित किसानहरुलाई मलमपट्टी गर्नका लागि गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको नेतृत्वमा टोली अनुगमनमा गएको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो । उहाँका अनुसार स्थानीय सरकारका तर्फबाट हुने सहयोगका लागि गाउँपालिका पछि नहट्ने बताउदै गाउँपालिकाले अहिले अनुगमन गर्न लागेको बताए ।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाक्षेत्रीका अनुसार बेलडाँडीका वडा नं.३,४र५ मा सबै भन्दा बढी क्षति भएको र वडा नं.१र२ डाडा क्षेत्रमा कम क्षति भएको जनाउदै बेलडाँडीका २० प्रतिशत जति किसानको क्षति भएको हुन सक्ने बताए ।

चवन्नी खल्ला, ढकनिया कमरी,सिमलडाडी, बैवाह, गड्डा, झिलमिला, इमलिया, लगायत डाडा क्षेत्रमा समेत डुवान भइ किसानको धान, ऊखु ढल्ने नोक्सान भएको छ ।

यस्तै वडा नं.३ का अध्यक्ष दुर्गा प्रसाद चौधरीका अनुसार हामीले अनुगमन गरिरहेकाछौं, पिडितहरुलाई वडाकार्यालयमा आइ निवेदन दिन भनेका छौं तर रातह दिन सक्ने अवस्था छैन् तर पछि प्रदेश केन्द्र सरकारलाई राहतका लागि गुहार माग्ने बताए ।

 

ताजा समाचार