बेलडाँडी,
तीन दिन यता लगातार परेको अविरल बर्षाले आएको बाढी तथा डुवान भएको क्षेत्रमा संविधान सभा सदस्य दिवान सिह बिष्ट लगायत क्षेत्र नं १ का कांग्रेस नेताहरू द्वारा आफ्नो क्षेत्र डुवान भएको ठाउँको अनुगमन गरेका छन् ।

आज बेलडाँडीको झिलमिला क्षेत्रमा किसानहरूको डुबेको धानको अनुगमन तथा उद्वार गर्दै बिष्टले भने स्थानीय सरकारले तुरुन्त उद्वारमा ध्यान दिनुपर्ने बताए ।
किसान खेतमा रोइरहेका बेला मानवियताका हिसावले आफुबाट हुने सहयोगमा सबैले जुट्न आवहान गरे । पिडितहरुलाई मलम लगाउदै बिष्टले क्षतिपुर्तिको व्यवस्थाका लागि तिनै तहका सरकारलाई आग्रह गर्ने बताउनु भयो ।
यसरी नेता किसानको घरदैलोमा विपतका बेला आएकाले उसै मलम भएको एक किसानले बताए । वहाँका अनुसार यसरी हामीलाई हौसला दिने नेता गाउँमा अहिले सम्म नआएको बताए ।