Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीवडा सदस्य भट्टद्वारा युवा क्लबलाई जर्सी सहयोग

वडा सदस्य भट्टद्वारा युवा क्लबलाई जर्सी सहयोग

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा जारी फुटबल उत्सवलाई मध्यनजर गर्दै बेलडाँडी गाउँपालिका वडा नं. 1 का वडासदस्य तथा बेलडाँडी गाउँपालिका लेखा समिति संयोजक शंकर भट्टले एक युवा क्लबलाई जर्सी सहयोग गरेका छन् ।

बेलडाँडी १ मा रहेको प्रगति एकता समाजलाई १५ थान खेलकुद जर्सी हस्तान्तरण गरेको भट्टले बताउनु भयो ।उहाँका अनुसार “मेरो एक महिनाको सेवा सुबिधाको रकम बाट , युवाहरूलाई खेलकुद प्रती आकर्षक बढाउन , युवालाइ प्रोत्साहन गर्न र खेलकुद बिकासमा थोरै भए पनि टेवा पुगोस भन्ने उदेश्य ले जर्सी बितरण गरिएको बताए ।” जर्सी बुझ्दै क्लबले खुसी व्यक्त गरेका छन् ।

विगतमा समेत समुदाय विकासका लागि अभिलेख राख्ने, असाहय, जेष्ठ नागरिकहरूलाई सुचना भत्ता वितरणमा सहयोग पुर्याउनु देखि लिएर वडाका चोक चोकमा डस्टवीन वितरण, विद्यालयमा ह्वाइट बोर्ड वितरण जस्ता कार्य समेत सदस्य भट्टले गर्दै अाएका थिए ।

ताजा समाचार