Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीजसपा कञ्चनपुरको अध्यक्षमा धानुक

जसपा कञ्चनपुरको अध्यक्षमा धानुक

कञ्चनपुर,
जनता समाजवादी पार्टी कञ्चनपुरको अध्यक्षमा प्रेम बहादुर धानुक चयन भएका छन । शुक्रबार कञ्चनपुरको बेलौरीमा सम्पन्न भएको जसपा जिल्ला भेलाले धानुकलाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्ष पार्वती राना, सहदेव राना, मोहन विक, सचिव बलराम राना, सह सचिव राजेश गुरुङ्ग, नर बहादुर चौधरी, सिताराम राना, कोषाध्यक्ष खेमराज जोशी रहेका छन । सदस्य हरिशष्ण बोट,गमादेवी राना, रामदिन राना, डम्बरी गहतराज, राजु विक, भीम तामाङ्ग, प्रकास थापा, रमना गिरी, रामज्योती चौधरी, हुम तामाङ्ग, शान्ति तामाङ्ग, भिटु तामाङ्ग रहेका छन । जसपा कञ्चनपुरका नव अध्यक्ष प्रेम बहादुर धानुकले जसपालाई एकढिक्का बनाएर अघि बढाउने बताएका छन । उनले लामो समयदेखि समायोजन हुन नसकेको पार्टीलाई अघि बढाउने बताए । जसपा कञ्चनपुरका जेष्ठ नेता बाबुदेव रानाको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेता होरिलाल चौधरीको प्रमुख आथित्य एव प्रदेश सभा सदस्य मालामती राना, जसपा नेतृ माया नेगी, भक्त विश्वकर्मा, अमर विष्ट लगायतको उपस्थितिमा भएको थियो

ताजा समाचार