Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा फुटबल महोत्सव शुरू

बेलडाँडीमा फुटबल महोत्सव शुरू

बेलडाँडी,

कञ्चनपुरकाे बेलडाँडी गाउँपालिकामा दशै तथा दिपावलीकाे अवसर पारी फुटबल महोत्सव शुरू भएको छ ।

एकता युवा क्लवकाे आयाेजजामा स्थानीय फुटबल महाेत्सव २०७८ शुरू भएकाे अायोजकले जनाएको छ ।

शुक्रबार बेलडाँडीकाे राैलेश्ववर माध्यामिक बिद्यालयकाे प्रागंणमा एक अाैपचारीक कार्यक्रमकाे आयाेजना गरी स्थानीय फुटबल महाेत्सव २०७८ काे शुरू गरीएकाे आयाेजकका खेल संयाेजक सचिन कठायतले जानकारी दिनु भयाे  ।

उहाँका अनुसार यहि असाेज २८ गते सम्म चल्ने प्रतियाेगितामा स्थानीय स्तरका १६ टिमकाे सहभागिता रहने बताए ।

प्रतियाेगितामा प्रथम हुने विजयी टिमले नगद रू २१ हजार र कप प्राप्त गर्नेछ, भने उप-विजेता टिमले नगद रू ११ हजार र कप पुरूस्कारकाे व्यवस्था गरीएकाे कठायतले बताए ।

विगतका बर्षहरूमा समेत आयाेजना गर्दै आएकाे क्लवले खेलाडीहरूको खेलकुद विकासका निम्ति यश बर्ष पनि फुटबल प्रतियाेगिताकाे आयाेजना गरेकाे हाे ।

खेलका संयाेजक सचिन कठायतकाे सभापतित्वमा सञ्चालन भएकाे कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाउँपालिका वडा नम्बर-२ का अध्यक्ष प्रेमराज खाती रहनु भएकाे थियाे ।

यस्तै विशिष्ट अतिथिमा राैलेश्वर  आदर्श जनता बहुमुखि क्याम्पस सञ्चालक समिति अध्यक्ष ईश्वरी दत्त भट्ट, समाजसेवी बुद्धिजीवी प्रेेम सिह साउँद, २ नम्बर वडा सदस्य रमा भण्डारी रहेका थिए ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि खातीले भने `यस्ता प्रतियाेगिता अायाेजना गर्नाले समाजमा लुकेर बसेका प्रतिभाहरूले स्थान पाउने भएकाले प्रतियाेगिता सञ्चालन गर्नु भएकाेमा आयाेजकलाई धन्यावाद व्यक्त गर्नु भयाे ।´

यस्तै उहाँले “यस्ता खेलकुद जन्य कार्यक्रममा वडाबाट गर्न सकिने सहयाेग गर्ने प्रतिबद्वता जनाए ।”

कार्यक्रमकाे सञ्चालन भने युवा समाजसेवि पुष्पकमल पण्डितले गर्नु भएकाे थियाे ।

 

ताजा समाचार