Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीमोटरसाईकल दुर्घटनामा युवा संघ बेलौरीका नेता शाहीको मृत्यु

मोटरसाईकल दुर्घटनामा युवा संघ बेलौरीका नेता शाहीको मृत्यु

लाल बहादुर एस के

मोटरसाईकल दुर्घटनामा परि एमाले निकट युवा संघ बेलौरीका नेताको मृत्यु भएको छ ।

शुक्रबार महेन्द्रनगरमा राष्ट्रिय युवा संघको कार्यक्रम सहभागि भएर घर फर्किने क्रममा बेलौरी–कलुवापुर सडकखण्ड अन्तर्गत मैनाहमा मोटरसाईकल दुर्घटनामा परि रकम शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शाहीसंगै रहेका अर्का राष्ट्रिय युवा संघका नेता नवराज शाहीलाई थप उपचारका लागि धनगढी रिर्फर गरिएको छ । घटना स्थलदेखि अस्पतालमा बेलौरीका मेयर पोतिलाल चौधरी सहित एमाले नेता पल्लब राज भट्ट, राष्ट्रिय युवा संघका नेता कार्यकर्ता, एव आफन्त आएका छन । घटनासंगै आफन्त शोकमा परेका छन ।

ताजा समाचार