Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीमहेन्द्रनगरबाट लागु औषध सहित तीन युवक पक्राउ

महेन्द्रनगरबाट लागु औषध सहित तीन युवक पक्राउ

कञ्चनपुर,
महेन्द्रनगर बजार क्षेत्रबाट लागु औषध सहित तीन युवक पक्राउ परेका छन । शुक्रबार भीमदत्त नगरपालिका ४ बजार १८ बागबाणी क्षेत्रबाट तीन युवकलाई लागु औषध सहित पक्राउ गरेको हो ।
लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरको टोलीले महेन्द्रनगर बजारको गल्ली नम्बर १ स्थित कञ्चन सेकुवा होटल पछाडी क्षेत्रबाट भीमदत्त नगरपालिका १५का मनोज शाहु, १८ का बिनो धामीलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट ५एमफुल फिनारगन, ५ एमफुल रेक्सोजिसिक, ४ एमफुल डाइनोप्याम बरामद गरिएको छ । भीमदत्त नगरपालिका १८ बागवाणी क्षेत्रबाट धमर नेपालीको साथबाट २४एमफुल फिनारगन, २४ एमफुल रेक्सोजेसिक, र १० एमफुल डाईनोप्याम बरामद गरिएको छ । बरामद गरिएको लागु औषध र तीन जनलाई थप कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाईएको छ ।

ताजा समाचार