Tuesday, May 17, 2022
गृहपृष्ठजिवनशैलीदशै तिहारलाई लक्षित गरी इन्टरनेट चलाउनेहरुका लागि कनेक्ट नेपालले ल्यायो विशेष अफर

दशै तिहारलाई लक्षित गरी इन्टरनेट चलाउनेहरुका लागि कनेक्ट नेपालले ल्यायो विशेष अफर

बेलडाँडी,

इन्टरनेट आजको समयमा हाम्रो जीवनको अभिन्न अंग बनेको छ । सारा विश्व इन्टरनेटको माध्यमबाट एक आपसमा जोडिएको छ । इन्टरनेट प्रयोग नहुने कुनै क्षेत्र नै छैन । इन्टरनेटले आज कामहरुलाई स्मार्ट र द्रुत गतिमा सम्पन्न गर्न सम्भव बनाएको छ ।

सूचनाहरुलाई द्रुत गतिमा केन्द्रिकरण तथा विकेन्द्रिकरण गर्न सक्ने यसको प्रमुख विशेषता हो । इन्टरनेट अवरोध ९इन्टरनेट आउटेज० ले ठूला–ठूला व्यवसायिक कार्य ठप्प भइदिन्छन् । त्यस हिसावले मानिसको प्रत्यक्ष जीवनमा समेत यसको ठूलो प्रभाव छ ।

आज हामी जता हेर्छौं, उतै इन्टरनेटको प्रयोग भइरहेको देख्न सक्छौं । इन्टरनेट यस्तो चीज भइसक्यो कि जसको अभावमा छटपटी हुन्छ । हाम्रो देशमा यसको प्रयोग व्यापारिक भन्दा पनि घरायसी प्रयोजनमा बढी भएको देखिन्छ । रोजगार तथा अध्ययनको शिशिलामा देश बाहिर रहेकाहरुलाई यसको महत्व बढी छ ।

वैदेशिक रोजगारमा जानेहरुको परिवारको लागि यो प्रविधि वरदान नै सावित भएको छ । भिडियोमा प्रत्यक्ष देखेर आफ्ना भावनाहरु साटासाट गर्न सकिने हुँदा यसै प्रविधिमा व्यवसाय गर्ने तथा करियर बनाउनेहरु उल्लेख्य रुपमा बढिरहेका बेला यस कनेक्ट नेपला नेटवर्क प्रा.लि.ले विजया दशमी तथा शुभ दिपावलीको अवसरमा नेट चलाउनेहरुका लागि विशेष अफर ल्याएको छ । कनेक्ट नेपालले पछिल्लो समयमा कञ्चनपुरको दक्षिणी क्षेत्रमा सेवा विस्तार गरिसकेको छ । बेलडाँडी क्षेत्रका सबै वडामा आफ्नो फाइवर विच्छाएर सेवाहरु बिस्तार गर्नुका साथै सेवाग्राहीहरुका लागि दशै तिहारमा निकै राम्रो प्याकेज ल्याएको कनेक्ट नेपालका बेलडाँडी प्रतिनिधी लाकेन्द्र हमालले जानकारी गराउनु भयो ।

ताजा समाचार