Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीएकिकृत अखिल नेपाल शिक्षक संगठन दोधाराचाँदनीको अध्यक्षमा गिरी

एकिकृत अखिल नेपाल शिक्षक संगठन दोधाराचाँदनीको अध्यक्षमा गिरी

कञ्चनपुर,
एकिकृत अखिल नेपाल शिक्षक संगठन दोधाराचाँदनीको अध्यक्षमा लिलाराम गिरी चयन भएका छन । शनिबार एकिकृत अखिल नेपाल शिक्षक संगठन दोधाराचाँदनीको दोस्रो नगर परिषदले गिरीलाई अध्यक्षमा चयन गरेको हो । एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका सचिव गोबिन्द ढाँटले शिक्षक गिरीको नतेृत्वमा दोधाराचाँदनीमा एकिकृत अखिल नेपाल शिक्षक संगठनको नयाँ कार्य समिति चयन गरिएको बताए । उनका अनुसार बरिष्ठ उपाध्यक्ष मोहन भाट, महिला उपाध्यक्ष जमुना रावत, उपाध्यक्ष बलराम अवस्थी, सचिव गणेश खडका, अर्थ सचिव पारस भट्ट, सह सचिव मिना थापा, सदस्य बल बहादुर सुनार, मञ्जु मिजार, जंग ब. रोकाया, मान बहादुर गाहा मगर, धन कुमारी बुढा रहेका छन । सर्वजित बुढाको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला इन्चार्ज विक्रम चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रमा कृषि सहकारी तथा भूमि सुधार राज्यमन्त्री मान बहादुर सुनार, एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य रमा उपाध्याय, एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य सुप प्रदेश सह संयोजक थिरेन्द्र चन्द्र भट्ट, संगठनका प्रदेश सचिवालय सदस्य प्रमानन्द नाथ, जिल्ला संयोजक गंगादत्त भट्ट, माओवादी नेता ईन्द्र रावत भीम कुमाल सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार